Connect with us
Kapilvast Forest

ललितपुरबाट १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बरामद

२०७७, २ आश्विन शुक्रबारमा प्रकाशित

money
साकंकेतिक तस्विर

ललितपुर-ललितपुर महानगरपालिका १४ ताल्छीखेलबाट १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बिहीबार बिहान प्रहरीले बरामद भएको छ ।

सोही ठाउँस्थित डम्बर बहादुर रिजालको जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी सुन पसलमा आएका २ जना अपरिचित पुरुषले ५ तोला बराबरको सुनको हार किन्ने बहाना गरी नक्कली नोट दिई बिल समेत नलिई फरार भएको उजुरी पछि प्रहरीले उक्त नोटहरु बरामद गरेको जनाएको हो ।

बरामद ५ गड्डीमा ४ सय ६५ थान नक्कली नोट र प्रत्येक गड्डीको माथिल्लो भागमा १–१ थान सक्कली नोट राखेको फेला परेको प्रहरीले जनाएको छ । फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,