Connect with us
Kapilvast Forest

देश ५ का ६ जिल्लाका अस्पताल ५० शैयामा स्तरोन्नती हुँदै

२०७७, २ आश्विन शुक्रबारमा प्रकाशित

pardesh-5.jpg

बुटवल -पाँच नम्बर प्रदेश सरकारले ६ वटा जिल्लास्तरीय अस्पताललाई स्तरोेन्नती गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशका बिभिन्न ६ वटा जिल्लास्तरीय अस्पतालहरुलाई ५० शैयामा स्तरोन्नती गर्ने निणर्य गरेको हो ।
प्रदेश सकारले रुकुमपूर्व, रोल्पा,कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवालाई स्तरोन्नती गर्ने निणर्य गरेको मुख्यमन्त्रीका प्रेश सल्लाहकार शेरबहादुर केसीले जारी गरेको प्रेश नोटमा उल्लेख छ ।

बैठकले भीम अस्पताल भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र अर्घाखाँची,रुकुमपूर्व, रोल्पा, अर्घाखाँची र पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै रेसुङगा नगरपालिका,गुल्मी र हाकिञ्ज परिषद, बेलायतबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारलाई सिफारिस पठाउने निर्णय गरेको छ । त्यसैगरी त्रिवेणी गाउँपालिकाको वडासंख्या र सीमाना हेरफेर गरी क्रममिलान गर्ने गाउँपालिकाको प्रस्ताव नेपाल सरकार समक्ष पठाउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदले असोज ३ गते संविधान दिवसका दिन घोषणा गरिने पदक सिफारिश स्वीकृत गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,