Connect with us
Kapilvast Forest

नेकपाको बैठक बोलाउन पर्साका ५१ जिल्ला सदस्यको माग

२०७७, २ आश्विन शुक्रबारमा प्रकाशित

वीरगञ्ज- पर्सामा असन्तुष्ट पक्षले नेपाल कम्युनिस्ट पार्टीको जिल्ला कमिटी बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन गरेको छ ।

जिल्ला कमिटीको अध्यक्षमा प्रभु हजारा मनोनित भएको एक बर्ष बितिसक्दा पनि कमिटीको बैठक बस्न नसकेको भन्दै ५१ सदस्यले लिखित रुपमै बैठक बोलाउन माग गरेका हुन् ।

कोरोना हटस्पट बनेको पर्सा जिल्लामा जनताको जीवन रक्षाको निम्ति पार्टीले केही काम गर्न नसकेको भन्दै यसले पार्टीको जीवनन्ततामाथि प्रश्न उठेको असन्तुष्ट पक्षको पत्रमा उल्लेख गरिएको छ ।

पर्सामा जिल्ला कमिटिले पूर्णता पाई सपथ ग्रहण भएको एक वर्ष वितिसक्दा जिल्ला कमिटिको एउटा पनि बैठक बस्न सकेको छैन ।

सचिवालय गठन हुन नसकेको, जिल्ला कमिटी सदस्यको कार्य विभाजन नभएको, जिल्लामा रहेका अधिकांश पालिका कमिटीहरुले पूर्णता नपाएको, पाइसकेकाहरुको पनि सपथ हुन नसकेको तथ्यले पार्टीको जिल्ला नेतृत्व पार्टी संचालनमा गैर जिम्मेवार र असक्षम रहेको ठहर आफूहरुले गरेको उनीहरुको तर्क छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तरिम विधान २०७५ को धारा ५९ को (क) १ बमोजिम जिल्ला कमिटीको बैठक २/२ महिनामा बस्नुपर्ने व्यवस्था छ । विधानकै धारा ५९ कै (क) को ४ बमोजिम २५ प्रतिशत जिल्ला कमिटी सदस्यहरुले जिल्ला कमिटिको बैठक बोलाउन माग गर्न सक्ने व्यवस्था छ । पर्सामा १ सय ६५ सदस्यीय जिल्ला कमिटि छ ।

३२ प्रतिशत सदस्यहरुले लिखित रुपमै जिल्ला कमिटी बैठक बोलाउन माग गरेको जिल्ला कमिटि सदस्य राघव साहले जानकारी दिए । मागलाई बेवस्ता गरिए अन्तरिम विधानमा भएको व्यवस्था अनुसार अन्य कठोर कदम चाल्न बाध्य हुने चेतावनी उनीहरुले दिएका छन् ।जिल्ला अध्यक्ष प्रभु हजराले भने पार्टी कै निर्देशन अनुसार बैठक नराखिएको बताएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,