Connect with us
Kapilvast Forest

कपिलवस्तु नगरपालिकामा ५ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र संचालन

२०७७, २ आश्विन शुक्रबारमा प्रकाशित

कपिलवस्तु –

स्वास्थ्य सेवाको पहुच बढाउन कपिलवस्तु नगरपालिकामा पाँच वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ । नगरपालिकाको वडा नम्बर १, २, ३,४ र १० मा एक एक वटा सेवा केन्द्र संचालनमा ल्याईएको हो ।

हरेक वडामा स्वास्थय केन्द्र स्थापना गर्ने सरकारी निति अनुसार ती वडामा केन्द्र स्थापना गरिएको छ । यसै बिच कपिलवस्तु नगरपालिका वडा नम्बर १ को भवानी भिक्षु चोक टोलमा स्थापना गरिएको केन्द्रको नगर प्रमुख किरण सिंहले रिबन काटेर सेवा शुभारम्भ गरे । सो अवसरमा उनले स्वास्थ्य सेवाको पहुच बढाउन केन्द्र स्थापना गरिएको मेयर सिंहले बताए ।

स्वास्थ्य सेवालाई नगरपालिकाले प्राथमिकतामा राखेको र स्वास्थ्य केन्द्रलाई क्रमशः स्त्तोरन्नती गर्दै लगीने उनले बताए । यस अघि नगरपालिकाका बाकी ८ वटा वडामा भने स्वास्थ्य चौकी संचालनमा छन । प्रत्येक स्वास्थ्य केन्द्रलाई संचालन गर्न सरकारले बार्षिक ५ लाख रुपैयका दरले अनुदान दिएको नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले बताए ।

प्रत्येक केन्द्रमा एक जना अहेब, एक जना अनमि र एक जना कार्यालय सहयोगी नियुक्त गरिएका छन । केन्द्रमा खोप, पोषण, परिवानियोजन, बिरामी जाच लगाययका सेवा उपलब्ध हुने छन । केन्द्र संचालनकालागि सग संघीय सरकारले उपलब्ध गराएको रकम अपुग भएकाले थप रकमकालागि आग्रह गरिएको संयोजक गुप्ताले बताए ।

वडा नम्बर १ का वडाध्यक्ष सुदीप पौडेलले आफनो वडामा स्थापना भएको पहिलो सरकारी स्वास्थ्य केन्द्रको स्तर बढाउन कुनै कसर नछोडिने उनले बताए । ‘ अहिले सूरुवात गरेका छौ बिस्तारै केन्द्रको स्त्तर बढाउदै लानेछौ ’ उनले भने ‘ निकट भबिष्यमा डाक्टर सहीतको सेवा प्रारभ्भ गनैमा योजनामा छौ ’ उनले भने ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,