Connect with us
Kapilvast Forest

विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाइँदै

२०७७, ३ आश्विन शनिबारमा प्रकाशित

काडमाडौं -संविधान दिवसको अवसरमा आज संयुक्त अरब इमिरेट्स( युएई)को दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाइने भएको छ।

संसारकै सवैभन्दा अग्लो भ्यू टावर संयुक्त अरव इमिरेट्सको बुर्ज खलिफा हिजै ( शुक्रबार) देखिनेपालको झण्डासो रंगिएको छ । नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा नेपाल सरकार, दवईस्थित नेपाली दुताबासको पहलमा १ सय २४ तले बुर्ज खलिफामा नेपाली झण्डा रंग्याईएको हो ।

संविधान दिवसको अवसरमा दुबईस्थित संसारकै अग्लो भवनमा नेपालको राष्ट्रिय झण्डा झलमलाउने कार्यक्रम रहेको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै आज शनिबार साँझ ८ बजे दुबईस्थित बुर्ज खलिफा र अबुधाबीस्थित एडनोक भवनमा नेपालको राष्ट्रिय झण्डा झलमलाउने जनाएको हो ।

दूतावासको अनुरोधमा अघिल्लो वर्ष पनि संविधान दिवसको अवसरमा सो भवनमा पहिलो पटक नेपालको राष्ट्रिय झण्डा झलमलाएको थियो।

सन् २०१० जनवरी ४ देखि सर्वसाधारणका लागि खुला गरिएको बुर्ज खलिफा भवनको उचाई ८२९।८ मिटर छ।दूतावासद्वारा जारी विज्ञप्ति यस्तो छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,