Connect with us
Kapilvast Forest

आइपिएल आजदेखि शुरु, पहिलो खेलमै मुम्बई र चेन्नईबीच भिड्दै

२०७७, ३ आश्विन शनिबारमा प्रकाशित

file photo of game

एजेन्सी- आजदेखि यस बर्षको इण्डियन प्रिमियर लिग (आइपिएल) हुँदै छ । कोरोना माहामारीका कारण यस बर्ष युएईमा हुन लागेको आइपिएल विशेष स्वास्थ्य प्रोटोकलका बीच हुँदै छ । आज हुने उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्स खेल्दै छन् । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेदेखि शुरु हुँदै छ ।

आइपिएलको इतिहासमा सबै भन्दा बढी फाइनल खेलेका दुई टिम मुम्बई र चेन्नईबीचको यो खेल रोचक नै हुने अनुमान गर्न सकिन्छ । यस खेललाई महेन्द्र सिंह धोनी भर्सेज रोहित शर्माको रुपमा पनि लिइएको छ । चेन्नई र मुम्बईबीचका अहिलेसम्मका खेलको विश्लेषण गर्दा दुवै बिचमा अहिलेसम्म २८ खेल भएको छ जसमा मुम्बईले १७ खेल जितेको छ भने चेन्नईले ११ खेल जितेको छ ।

यस सिजन चेन्नईका लागि धोनी सहित शेन वाटसन, अम्बाती रायडु, केदार जादभले शिर्ष क्रमको ब्याटिंग सम्हाल्नु पर्ने छ । चेन्नईको ओपनिंग वाटसन र रायडुले गर्ने छन् भने ओपनरका लागि मुरली विजयी पनि उपलब्ध रहने छन् ।

त्यस्तै रैनाको अनुपस्थितिमा टिमको तेस्रो स्थानमा दक्षिण अफ्रिकी खेलाडी फाफ डुप्लेसी आउने सम्भावना रहेको छ । त्यस्तै धोनी चौथो नम्बरमा र केदार जादभ पाँचौ नम्बरमा आउने सम्भावना रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,