Connect with us
Kapilvast Forest

कोरोना महामारीबीच पनि अझै नेपालमा अझै १० हजार विदेशी

२०७७, ३ आश्विन शनिबारमा प्रकाशित

bidesi
लकडाउनमा नेपालमा रोकिएर विदेशी नागरिक स्वदेश फर्किर्दै गर्दाको फेटा

काठमाडौं । कोरोना महामारीबीच पनि नेपालमा अझै ठूलो संख्यामा विदेशी नागरिक बस्दै आएको अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार हाल करिब १० हजार विदेशी (भारतीयबाहेक) नागरिक नेपालमा बस्दै आएका छन् । नेपाल बसेकामा सबैभन्दा धेरै नेपालीभाषी विदेशी र चिनियाँ नागरिक छन् ।

पोखरालगायत ठाउँमा बसिररहेका उनीहरू आफूलाई नेपाल नै सुरक्षित लागेको बताउँछन् । हाल नेपालमा रहेका विदेशीमध्ये धेरै बिजनेस तथा गैरपर्यटक भिसामा रहेको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए । ‘यो वर्ष जनवरीयता करिब २५ हजार विदेशी नेपाल आएको देखिन्छ, त्यसमध्ये करिब १५ हजार फर्किएका छन् । १० हजार अझै नेपालमा बसिरहेको हाम्रो अनुमान छ,’ निर्देशक तिवारीले भन्नु भयो ।

कतिपय विदेशी अहिले पनि भिसा थप्न अध्यागमन विभाग गइरहेका छन् । १० हजारमध्ये धेरै ‘बिजनेस भिसा’मा आएकामध्येका छन् । त्यस्तै ‘रिलेसन भिसा’मा बस्नेको संख्या पनि ठूलो रहेको विभागले जनाएको छ । ‘रिलेसन भिसा’मा बस्नेमा धेरैजसो नेपालीभाषी छन् । एक हजारको हाराहारीमा भने पर्यटक भिसामै आएका विदेशी रहेको विभागको आकलन छ । विभागका अनुसार सन् २०१९ मा नेपालमा १६ हजार आठ सय विदेशीले बिजनेस तथा गैरपर्यटक भिसा लिएका थिए ।

त्यसमध्ये आधाजसो अझै नेपालमा रहेको र केही फर्कने क्रममा छन् । दुई साताअघि अन्तर्राष्ट्रिय उडान खुलेपछि केही विदेशी फर्कन थालेको निर्देशक तिवारीले बताउनु भयो। कतिपय विदेशी नागरिकलाई सम्बन्धित मुलुकले कोरोनकै बीचमा उद्धार गरेका थिए ।

नेपालको अध्यागमनको ‘डाटा सिस्टम’ यति कमजोर छ कि देशमा आएका विदेशी कति छन् र कति फर्किए भन्ने ठ्याक्कै तथ्यांकसमेत छैन । केही महिनाअघि जडान भएको ‘नेपाली पोर्ट’ नामक ‘सफ्टवेयर सिस्टम’ जडान गरिएको थियो । नयाँ सफ्टवेयरले भने विस्तृत विवरण राख्ने निर्देशक तिवारीको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,