Connect with us
Kapilvast Forest

कोरोना महामारी छ, प्रदर्शन नगरिदिनुहोस :कुलमान

२०७७, ३ आश्विन शनिबारमा प्रकाशित

kulm
file photo

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले कोरोना महामारीलाई ख्याल गर्दै आफ्नो पक्षमा प्रदर्शन नगरिदिन सार्वजनिक अपिल गर्नु भएको छ ।

पछिल्लो समय कुलमानलाई प्राधिकरणमा पुनःनियुक्तिको माग गर्दै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा सर्वसाधारणले प्रदर्शन गर्ने र प्रहरीले दमन गर्नेक्रम बढेको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै घिसिङले प्रदर्शनप्रति ध्यानाकर्षण भएको उल्लेख गर्नु भएको छ । ‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ घिसिङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९का कारण नेपाल पनि आक्रान्त भएको बेला आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनुपर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन घिसिङले सबैलाई आग्रह गर्नु भएको छ ।

‘सरकारले मलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु,’ , ‘प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नुपर्छ उहाँले भन्नु भएको छ।’

प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएको उल्लेख गर्दै उहाँले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने विश्वास व्यक्त गर्नु भएको छ ।

preenote_kulman

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,