Connect with us
Kapilvast Forest

मुस्लिम अगुवाद्वारा संविधान दिवसको शुभकामना

२०७७, ३ आश्विन शनिबारमा प्रकाशित

subhakamana.jpg

कपिलवस्तु-मुस्लिम अगुवा एवम प्रदेश नं ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले नेपाल नेपालको पहिलो संविधानले आजबाट पाँच वर्ष पुरा भएको अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवसको यस शुभ अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता एवम् आपसी सद्‍भाव कायम हुन सकोस् भनी हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।

साथै संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिदै मुस्लिम समुदाय लाई समेत अल्पसंख्यक समुदायमा राख्नु पर्ने माग गर्नु भएको छ ।त्यस्तै शुभकामना दिदैसंविधानको मर्म र भावना व्यवहारमा कार्यन्वयन गर्न जोड दिनुपर्ने बताउनु भयो ।

नेपालीले आफ्नो शुभकामना सन्देशमा वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको खां ले बताएउनु भयो ।

त्यस्तै संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनि अल्कुफीले  नेपालीहरुलाई बधाई तथा शुभकामना सन्देश दिदै नेपालको संविधानले मौलिक हकमार्फत सुनिश्चित गरेका जनताका अधिकारहरूको कार्यान्वयन गर्दै आधारभूत आवश्यकता गास, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगार, सूचना लगायतमा सबै जनताको पहुँच हुनुपर्ने बताउनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,