Connect with us
Kapilvast Forest

कुलमानका समर्थकलाई कुटेको घटना छानविन गर्न सुरु

२०७७, ३ आश्विन शनिबारमा प्रकाशित

काठमाडौँ -विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई पुनर्नियुक्तिको माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा सहभागि बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि प्रहरी दमन भयो ।

उहाँहरुलाई सिनियर प्रहरी अधिकृतले कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै महानगरीय प्रहरी कार्यालयले सो घटनाबारे छानविन थालेको छ ।

प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) किरण बज्राचार्यको नेतृत्वमा समिति बनाएर छानविन सुरु गरिएको महानगरीय प्रहरी कार्यालयका डीआईजी विश्वराज पोखरेलले बताउनु भयो ।

बिजुलीबजार र बवरमहलमा भएका घटना छानबिन गर्न समिति बनाएका छौं । छानविन प्रतिवेदन अनुसार थप प्रक्रिया अगाडि बढ्छ ।’

छानविन समितिमा प्रहरी नायब उपरीक्षक ९डीएसपी० भावेश रिमाल र इन्सपेक्टर विष्णु प्रदिप बस्याल सदस्य रहनु भएको छ। समितिलाई ५ दिनको सयम दिइएको छ ।

बिहीबार (१ असोज)मा माइतिघर मण्डलातर्फ जाँदै गर्दा हन्ड्रेड्स (१००)ग्रुपका बब्लुलाई प्रहरी निरीषक केशर न्यौपाने नेतृत्वको टोलीले अमानविय तवरले लाठी र बुटले कुटेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

त्यस्तै शुक्रवार बिजुलीजार पुलमा अनामनगरका मनिष श्रेष्ठलाई प्रहरीकोे कुटाइबाट रक्ताम्मे फोटो, भिडियो पनि सामाजिक सञ्जामा भाइरल छ । श्रेष्ठको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।सो घटना छानविन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको थियो ।

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,