Connect with us
Kapilvast Forest

राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तु शाखा गठन,अध्यक्षमा हरीजन

२०७७, ३ आश्विन शनिबारमा प्रकाशित

kpl dalit patrakar sang

अर्जुन बेल्बासे,कपिलवस्तु ,-संविधान दिवसको अवसर पारेर राष्ट्रिय दलित पत्रकार संघले शाखा कपिलवस्तु गठन गरेको छ । संविधान दिवसको अवसर परेर जिल्लाको गोरुसिङ्ग्रेमा एक कार्यक्रम गरी ११ सदस्यीय समिति गठन गरेको छ।

जस अनुसार संघको अध्यक्षमा कृष्ण प्रसाद हरीजन, उपाध्यक्षमा कल्याणि खनेल , सचीव बिक्रम बिश्वकर्मा , सह सचिवमा भुपेन्द्र सुनार , कोषाध्यक्ष राशरण रैदास सदस्यहरु राम बहादुर गन्धर्व , धनिराम कोरि , शम्भु बिश्वकर्मा , राजकुमार चमार लगायत चयन हुनु भएको छ ।त्यस्तै रामदेव पासीको संयोजकत्वमा , उजेली बिश्वकर्मा र रामप्रकट कोरि लाई सल्लाहकार मनोनीत गरिएको छ ।

संघले विभिन्न संचारमाध्यममा रहेर कार्यरत दलित समुदायका पत्रकारको पेशागत विकास तथा प्रवर्द्धन गर्ने,उनीहरुको मिडियामा पहुँच विस्तार गर्ने, दलित समुदायको सामाजिक तथा आर्थिक मुद्दाको विषयमा बहस सिर्जना गर्ने र यस समुदायको विषयमा अनुसन्धान तथा दलित समुदायका पत्रकारबीच सद्भावको विकास गरी,सामाजिक मुद्दालाई मुलधारका मिडियामा समावेश गर्ने उद्देश्य लिएको जनाएको छ।

कार्यक्रममा बोल्दै राष्ट्रिय दलित पत्रकारसंघका केन्द्रिय अध्यक्ष बिनोद पहाडीले संविधान दिवसको अवसर पारेर समिति गठन गरीरहदादलित समुदायका हुने जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि अनुगमन र अनुसन्धान गर्दै निरन्तर लागिरहने सङ्घलाई आग्रह गर्नुभयो ।

त्यस्तै पहाडिले मूलक समाज निर्माणका लागि व्यवहारिक रुपमै राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभमागिता हुनुनर्पेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय दलित पत्रकार संघ प्रदेश नम्वर ५का अध्यक्ष चिन्ता परियारले दलित समुदाय अझै पनि आर्थिक, सामाजिक राजनीतिक रुपमा पछाडि परेको भन्दै सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि दलित समुदायबीच एकताको आवश्यकता औँल्याउनुभयो ।

अध्यक्षपरियारले महिला हिंसा, बलात्कार, अपाङ्गता भएका व्यक्ति, अत्याचार, जाइजो प्रथा, बाल विवाह, जातीय भेदभाव, भष्टारका विरुद्धमा संघले आवास उठाउने जिकिर गर्नु भयो ।

नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका सदस्य एवम राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय सल्हाकार संजिव गहतराज , दलित मानव अधिकार निगरानी समिती कपिलवस्तुका अध्यक्ष मिना परीयारले संघले मूलको धारको पत्रकारीताको नेतृत्व गर्न सकोस भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

संघ स्थापना भएकोमा शुभकामना व्यक्त गर्नुभयो ।संघमा चयन भए पछि नव नियुक्त अध्यक्ष कृष्ण हरीजनले संघले नेपालको दलित आन्दोलन मुद्धाहरलाइ लाई थप उचाईमा पु¥याउने उद्देश्यले पनि संघको स्थापना गरिएको बताउनुभयो ।

राष्ट्रिय दलित पत्रकार संघ प्रदेश नम्वर ५का अध्यक्ष चिन्ता परियारको अध्यक्षता संघका केन्द्रिय अध्यक्ष बिनोद पहाडीको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा जिल्लाका दर्जन बढि सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,