Connect with us
Kapilvast Forest

दुबै मृगौला पिडित अर्घाखाँचीकि आचार्यको उपचारको लागि सहयोगको अपिल

२०७७, ३ आश्विन शनिबारमा प्रकाशित

न्युज सेन्टर नेपाल ,कपिलवस्तु –अर्घाखाँचीको सितगंगा नगरपालिका वडा न.६ दाङ्गसिङ निवासि २१ वर्षीय हेमान्ता आचार्यले सहयोगको याचना गर्नु भएको छ । अर्घाखाँची जन्मु भएकि आर्चायको परिवार हाल भने कपिलवस्तुको शिवराज नगरपालीका खरेन्द्रपुरमा परिवार सगैं डेरामा बस्दै आउनु भएको छ । २१ वर्षीय हेमान्ताको दुबै मृगौलाले काम गर्न छाडेपछि नियमित डाइलेसिस गर्नु पर्ने र उपचारका लागि धेरै रकम लाग्ने भएसँगै उहाँको आर्थिक अवस्था दयानीय र आम्दानीको कुनै श्रोत नभए पछि उहाँले सहयोगको लागि अपिल गर्नु भएको छ ।

अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा न.६ दाङ्गसिङ निवासि २१ वर्षीय हेमान्ता आचार्य बिगत १२ वर्ष देखि ज्वरो आउने,रुघा लाग्ने,खोकी लाग्ने तथा हात खुट्टा सुनिने रोगबाट लड्दै आउनु भएको थियो । रोग माथि रोग थपिएर फेरी बिगत ४ वर्ष देखि मृगौला पिडित बन्नु भयो । कक्षा १० सम्मको अध्ययन गर्नु भएकि आचार्यको उपचारकै क्रममा अहिले भए भरको सम्पती बेचेर उपचार गर्दा पनि सन्चो भने भएको छैन ।

डाक्टरको सल्लाह अनुसार हप्तामा २ पटक डाइलेसिस गराउनु पर्ने हुन्छ । अहिले नेपाल सरकारले डाइलेसिस सेवा निशुल्क गरे पनि आवत जावतमा लाग्ने भाडा र औषधी किन्ने पैसा र खाना बस्न लाग्ने खर्च समेत जुटाउन मुस्किल छ । उहाँका बाबु अम्मर आचार्य र आमा तथा भाइबैनि उहाँकै उपचारको लागि काम पाउने आशामा छिमेकी जिल्ला अर्घाखाँची छोडेर हाल कपिलवस्तुको शिवराज नगरपालिका वडा न.३ खैरेनिपुरमा डेरा गरि बस्दै आउनु भएको छ ।

उहाँका बाबु अम्मर छिमेकी देश भारतमा उहाँकै उपचारका लागि बेलाबेलामा काम गर्न जानु हुन्छ तर यो महामरीले अहिले त्यो पनि सहज नभएको कारण उपचारको लागि अत्यन्तै कठिनाइ भएकाले परिवारले सहयोगको लागि अपिल गरेका छन । त्यस्तैउहाँको बुवा पनि विरामी नै हुनुहुन्छ उहाँको पनि ३ पटक सम्म पत्तथरीको अपरेशन भएको उहाँकी बुहारी पबित्रा आचार्यले बताउनु भयो ।

आमाले दिनरात नभनि मजुदुर गरि बिहान बेलुकाको छाक टार्ने प्रयास गरेको बुहारी पबित्राले बताउनु भयो । घरको आर्थिक अवस्था निकैदयनिय छ त्यसैको विचमा डाक्टरको सुझाव अनुसार पटकपटक डाइलेसिस गर्न आग्रह गर्नु भएको छ एक पटकको डाइलेसिसमा आवत जावत र औषधी बतापत २ हजार लाग्ने र महिनामा कम्तिमा ८ पटक डाइलेसिस गर्न जानु पर्छ खर्च पुराउन अत्यन्तै कठिनाइ भएको पवित्राले वताउनु भयो ।

अर्घाखाँचीको सितगंगा नगरपालिका वडा न।६ दाङ्गसिङ निवासि २१ वर्षीय हेमान्ता आचार्यले सहयोगको याचना गर्नु भएको छ । अर्घाखाँची जन्मु भएकि आर्चायको परिवार हाल भने कपिलवस्तुको शिवराज नगरपालीका खरेन्द्रपुरमा परिवार सगैं डेरामा बस्दै आउनु भएको छ ।

२१ वर्षीय हेमान्ताको दुबै मृगौलाले काम गर्न छाडेपछि नियमित डाइलेसिस गर्नु पर्ने र उपचारका लागि धेरै रकम लाग्ने भएसँगै उहाँको आर्थिक अवस्था दयानीय र आम्दानीको कुने श्रोत नभएका उहाँको उपचार गर्नु पर्ने भएकोले विभिन्न व्यासायिक संस्था, कार्यालय तथा क्लवसँग सहयोगको अपेक्षा गर्दै उहाँले सहयोगका लागी अपिल गरे सगैँ उहाँको उपचारको लागी सहयोग अपिल गर्न गरे सगैं कपिलवस्तुको चन्द्रौटा स्थित सामुदायिक रेडियो भ्वाईसले उहाँलाइ बचाउ अभियान सञ्चालन गरेको थियो । सोहि अभियान बाट उहाँको उपचारको निम्ति कतै अभियान बाट त कतै स्वयम विरामिलाइ भेटेर सहयोग प्रदान भएको छ ।

उहाँको उपचारको निम्ति शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले रु ५ हजार ,ब्यापार संघ कपलिवस्तुका महासचिव जगत पौडेल रु एक हजार , सिवराज जेसिसका कोषध्यक्ष केसव खनालले रु एक हजार , शिवराज नगरपालिका स्थित होटल रेडिसनका सञ्चालक एवम समाजसेवि युवा प्रविन आचार्यको ममतामई माता धनि दिलु रायमाझी आचार्य ले रु ५ हजार ,शिवराज नगरपालिका वडा नम्वर ५ स्थितस्वतन्ञ फुट वयर का प्रोपराइटर एवम समाज सेवि सुकुमदिन अलि ले रु एक हजार एक सय पचास र शिवराज नगरपालिका ५ मा रहेका न्यु रक्षा कलेक्शनका प्रो ईन्दिरा डिसीले दुबै मृगौला पीडित हेमान्ता आचार्यको उपचारको लागि रु ३००० नगत तथा खाद्यान्न सहयोग गर्नु भएको छ ।साथै  अन्य सहयोगि मनहरुले पनि सहयो गर्नु भएकोमा परिवार स्रोतले सहयोगिहरु प्रति सबैलाय धन्यवादब्यक्त गर्दै पिडित परिवारले हेमान्ताको उपचारको लागि सबै संग सहयोगको अपेक्षा गर्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,