Connect with us
Kapilvast Forest

भ्रष्टाचार विरुद्ध विजयनगरका युवाहरु एकजुट

२०७७, ३ आश्विन शनिबारमा प्रकाशित

vijaynajar gaupalika

कपिलवस्तु-

स्थानिय सरकारको काममा ढिलासुस्ती, अनियमितता र भ्रष्टाचार विरुद्ध कपिलवस्तुको विजयनगरका युवाहरु एकजुट भएका छन । सुन्दर समुन्त समाज निर्माण गर्ने उदेश्यले आपनो गाँउ आफै बनाऔ भन्दै विजयनगर गाँउपालिकाका युवाहरु एक जुट भएका छन ।

विजयनगर गाँउपालिकाका युवाहरु शंकरपुर ताल नजिकैको मैदानमा जम्मा भई विजयनगर गाँउपालिकाकाको ढिलासुस्ती, अनियमितता र भ्रष्टाचार विरुद्ध एकजुट भएको युवा आगुवा लोकेश थापाले बताउनु भयो ।

गाँउपालिकामा भएका कामको ढिलाई, सरकारी साधन दुरुपयोग, गाँउपालिकाको समग्र क्षेत्रमा युवाहरुले निगरानी गर्ने थापाले बताउनु भयो ।
विकासमा युवाहरुले सत्य तथ्य बिजयनगरका युवाहरुको पहिलो भेलाले समसामयिक बिषयबस्तुहरु छलफल गरेको हो ।

भेलामा बोल्ने अधिकांश युवाले बिजयनगरमा बिकासका साथै बिनास पनि भइरहेको निचोड निकालेका थिए । विभिन्न बिकास निर्माण कार्यमा व्यापक अनियमितता भएको प्रमाण आफूहरुसंग रहेको अधिकांश युवाले जानकारी गराएका थिए ।

भेलाले आगामी दिनमा पालिका स्तरिय युवा मञ्च गठन गरि ढिलासुस्ती अनियमितता र भ्रष्टाचार का बिरुद्ध अभियान कै रुपमा अघि बढ्ने निर्णय गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,