Connect with us
Kapilvast Forest

त्रिशूलीमा खसेको पेट्रोल ट्याङ्करका चालक र सहचालक सम्पर्कमा

२०७७, ४ आश्विन आईतवारमा प्रकाशित

accident

काठमाडौं-त्रिशूली नदीमा खसेको पेट्रोल ट्याङ्करका चालक र सहचालक सम्पर्कमा आउनु भएको छ।आइतबार बिहान करिब २ बजे ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेको थियो।

खसेपछि सम्पर्कविहीन भएका चालक र सहचालक सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिनु भयो ।चालक हेटौंडाका ३२ वर्षीय सुदिप बोहरा र सहचालक मनिस नगरकोटी उहनु भएको छ

उहाँहरू सकुसल सम्पर्कमा आएको एसपी रेग्मीले जानकार िदिनु भयो।उहाहरुरूले प्रहरीलाई दिएको बयान अनुसार गाडीको स्टेरिङ अड्किएपछि दुर्घटना हुन पुगेको हो।उहाँहरूले हाम्फालेर ज्यान जोगाएकोे प्रहरीले जनाएको छ । ठुलो घाइते भएका छैनन्। सानो चोटपटक होला।

दुर्घटनापछि ट्याङकरमा आगलागी भएको थियो। दमकलको सहायताले आगो निभाएको उहाँले बताउनु भयो।उहाँका अनुसार अहिले ट्याङ्करलाई त्रिशूलीबाट निकाल्ने तयारी भइरहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,