Connect with us
Kapilvast Forest

नेकपाको सचिवालय बैठक पेरिसडाँडामा सुरु

२०७७, ४ आश्विन आईतवारमा प्रकाशित

nekpaa-meet-peris-dada.jpg

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पेरिशडाँडामा सुरु भएको छ। अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा सचिवालय बैठक सुरु भएको हो।

यस अघि प्रधानमन्त्री निवास बालुवाटार तथा धुम्बाराहीमा बस्दै आएको बैठक पहिलो पटक पेरिशडाँडामा सुरु भएको हो। नेकपा (एमाले) र माओवादी एकीकरण भएपछि दुवै पार्टीले प्रयोग गर्दै आएका केन्द्रीय कार्यालयलाई पनि पार्टी तथा संगठनका कार्यालय तोकिएको थियो।

धुम्बाराहीस्थित एमालेको कार्यालयलाई नेकपाको कार्यालय तोकिएको थियो भने माओवादीको कार्यालयलाई जनवर्गीय संगठनको कार्यालय तोकिएको थियो। त्यसयता पेरिशडाँडामा पार्टीको बैठक बस्न सकेको थिएन।

आइतबार पेरिशडाँडामा सुरु भएको बैठकमा स्थायी कमिटीले पारित गरेका एजेन्डाका विषयमा छलफल हुने जनाएको छ। भदौ २६ गतेको नेकपा स्थायी कमिटीको बैठकले दुवै अध्यक्षको कार्यविभाजनसँगै सरकार पुर्नगठनलगायतका विषयसहितको दुवै अध्यक्षको प्रस्ताव पारित गरेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,