Connect with us
Kapilvast Forest

कोरोनाले पहिलो पटक एक सैनिक जवानको मृत्यु

२०७७, ४ आश्विन आईतवारमा प्रकाशित

corona death

काठमाडौं- कोरोनाले नेपालमा पहिलो पटक एक सैनिक जवानको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।ब्‍लड क्यान्सरका बिरामीसमेत रहेका ती जवानको भदौ २९ गते मृत्यु भएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिनु भयो ।

पौडेलका अनुसार मृत्युपछि असोज १ गते उनमा कोरोना पोजेटिभ भएको देखिएको थियो । उहाँको, ‘उपचारकै क्रममा मृत्यु भएपछि कोरोना पोजेटिभ भएको पाइएको हो ।’

यसअघि कुनै पनि सुरक्षा निकायका कर्मचारीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थिएन ।हालसम्म नेपाली सेनाका २ हजार ५६ जनामा कोरोना संक्रमण भएको पौडेलले बताउनु भयो । जसमा १ हजार ६५४ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन भने ४०१ जना निको भइसकेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,