Connect with us
Kapilvast Forest

भोलिबाट आन्तरिक उडान हुँदै,भाडा नबढ्ने

२०७७, ४ आश्विन आईतवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं -६ महिनापछि भोलिबाट आन्तरिक हवाई सेवा पुनः नियमित हुँदै छ । व्यवसायीहरुले टिकट बुकिङ गरिरहेका छन् । सरकारले आइतबार सिट क्षमताअनुसारै हवाई सेवा नियमित गर्न अनुमति दिएको थियो ।

यसअघि मन्‍त्रिपरिषद्‍ले ५० प्रतिशत क्षमतामा उडान गर्न खुला गरेको थियो । तर, निजी वायुसेवा सञ्‍चालकहरुले ५० प्रतिशत क्षमतामा उडान गर्न नसक्ने भन्दै उडान सुरु गरेका थिएनन् । सरकारले कोरोना महामारी सुरु भएसँगै गत चैत ११ गतेदेखि आन्तरिक उडान सेवा रोकेको थियो ।

मन्त्रालयले देशभर रहेका सबै विमानस्थलमा उडान गर्न पनि अनुमति दिएको छ । तर, ९ दिनसम्म एउटा कम्पनीको २५ प्रतिशत मात्रै उडान स्वीकृत हुनेछ । वायुसेवा संस्थाले लकडाउनअगाडि ओगटेको बजार हिस्साका आधारमा २५ प्रतिशत उडान तालिका स्वीकृत हुनेछ ।

लकडाउनअगाडि एउटा कम्पनीले दैनिक तीन उडान गर्थ्यो भने अहिले एक उडान, १० उडान गर्थ्यो भने तीन उडान पाउनेछ । क्टोबर १ देखि माग र औचित्यता हेरी थप उडान तालिका प्राधिकरणले स्वीकृत गर्नेछ ।

आन्तरिक हवाई यात्राका लागि यात्रुहरुले बोर्डिङ पास लिनुअगाडि हेल्थ डिक्लरेसन फाराम भर्नुपर्ने हुन्छ ।सबै यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने छ ।

सरकारले व्यवसायीहरुको मागअनुसारै सिट क्षमतामा उडान गर्न अनुमति दिएपछि भाडा नबढ्ने भएको छ । यसअघि मन्त्रिपरिषद्ले ५० प्रतिशत क्षमतामा उडान गर्दा सरकारले तोकेको भाडामा ५० प्रतिशत थपेर लिन पाइने निर्णय गरेको थियो । तर, व्यवसायीहरुले भाडा नबढाउने तर सिट क्षमताअनुसारै उडान गर्न दिनुपर्ने माग गर्दै आएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,