Connect with us
Kapilvast Forest

कोरोना संक्रमणबाट बाँकेमा थप एक पुरुषको मृत्यु

२०७७, ४ आश्विन आईतवारमा प्रकाशित

बाँके – कोरोना संक्रमणबाट बाँकेमा शनिबा राति एक पुरुषको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या १० पुगेको छ।

नेपालगन्ज उपमहानगरपालिका–२१ पुरैनीका ५९ बर्षिय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा शनिबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनु भयो।

स्वास्थ्यमा समस्या देखिएपछि उहालाँई उपचारका लागि भदौ २० मा भेरी अस्पतालमा भर्ना गरिएको थियो। उहाँमा भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि उहाँलाई हाइड्रोअक्सिजन, सिपीएपी, प्लाज्मा थेरापी विधिबाट उपचार गर्दासमेत बचाउन नसकिएको भेरी अस्पतालका कोरोना अस्पताल ब्यवस्थापन इन्चार्ज डा. श्यामसुन्दर यादवले जानकारी दिनु भयो। उहाँको दुवै फोक्सोमा निमोनिया भई एआरडिएस भएको डा. यादवले बताउनोु भय।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,