Connect with us
Kapilvast Forest

लागूऔषधसहित तीनजना पक्राउ

२०७७, ४ आश्विन आईतवारमा प्रकाशित

pakrau

उदयपुर – उदयपुरको विभिन्न ठाउँमा लागूऔषधसहित तीन जनालाइ प्रहरीले पक्राउ गरेको छ‌। त्रियुगा नगरपालिका ४ बगाहा फर्सेट खोलाबाट दुई जना र चौदण्डीगढी नगरपालिका ४ शनिबारे बजारबाट एक जना पक्राउ परेको प्रहरीले जनाएको छ। त्रियुगा नगरपालिका १२ बस्ने वर्ष ३० का सुमन कुमर र सोही वडा बस्ने वर्ष १५ का राजुराम भगत रहेको प्रहरलिे जनाएको छ ।

सशस्त्र प्रहरी बल नं ५ गण त्रियुगा उदयपुरबाट गस्ती गएको समयमा बा।७५ प २२१६ नम्बरको मोटर साइकल शंका लागि आवश्यक चेक जाँच गर्दा लागूऔषध सहित पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक प्रमुख सुधीर सुवेदीले जानकारी दिनु भयो ।

पक्राउ परेकाहरूबाट लागूऔषध फेरागन २ एम्पुल, नुरफिन २ एम्पुल, डाइजिल्याब २ एम्पुल, नाइट्रोजिपाम ६७ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेको दुवैलाई आवश्यक कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय उदयपुृरमा बुझाएको सुवेदीले बताउनु भयो।

यस्तै, चौदण्डीगढी नगरपालिका ३ बस्ने १७ वर्षिय सचिन राई पनि लागूऔषधसहित शनिबारे बजारमा पक्राउ परेको प्रहरीले जनाएको छ। उनको साथबाट नाम नखुलेको लागूऔषध ३ एम्पुल र इन्ट्राभेट १३ ट्याब्लेट सहित पक्राउ परेको छ। पक्राउ परेकाहरुलाइ आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बेल्टारमा राखिएको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,