Connect with us
Kapilvast Forest

रोल्पाको गंगादेव गाउँपालिका एक साताका लागि सिल

२०७७, ४ आश्विन आईतवारमा प्रकाशित

ganga-devii gaupalika rolpa

रोल्पा-एकै दिन आठ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि आइतबार ९आज० देखि एक साताका लागि रोल्पाको गंगादेव गाउँपालिका सिल गरिएको छ ।

गाउँपालिका भित्रका विभिन्न स्थानका ३५ जनाको स्वाब परीक्षण गर्दा आठ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाले जानकारी दिएको छ ।

एक साताका लागि गाउँपालिका भित्रका बैंक, बित्तीय संस्थाहरु, पसल, होटेललगाएत सवारी साधनसमेत ठप्प रहने गाउँपालिकाले जानकारी दिएको छ ।

त्यस्तै, गंगादेवी गाउँपालिका भित्रका सबै बजार क्षेत्र, धार्मिक स्थल, सार्वजनिक क्षेत्रहरु पूर्ण रुपमा बन्द गरिएको छ । साथै, गाउँपालिका भित्र सबै प्रकारका सवारी साधनहरु आवत जावतमा रोक लगाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,