Connect with us
Kapilvast Forest

कपिलवस्तुको बिपन्न परिवारलाई ठेला वितरण

२०७७, ४ आश्विन आईतवारमा प्रकाशित

कपिलवस्तु-
कपिलवस्तुको तौलिहवा स्थि एक संस्थाले गरीब तथा बिपन्न परिवारलाई घुम्ती रिक्सा ( ठेला ) बाडेको छ । तौहिलवामा एक कार्यक्रमका बिच नेपाल डेभलप्वमेन्ट सोसाईटीले ४ जना बिपन्न परिवारलाई आयआर्जनमा सहयोगका लागि ठेला दिएको थियो ।
अल रहमा कुबेतको आर्थिक सहयोगमा ईस्लामिक संघ नेपाल कपिलवस्तु शाखाको सहजीकरणमा ठेला हस्तान्तरण गरिएको थियो । संघका जिल्ला सचिव माहोम्मद अनवारुल हक तथा सोसाईटीका फिल्ड अफिसर सद्दाम हुसेनले ठेला बाडेका थिए । सचिव हकले परिवारलाई ठेला हस्तान्तरण गर्दै यसले बिपन्न परिवारलाई गुजारा चलाउन मद्दत मिल्ने बिश्वास ब्यक्त गरे । उनले प्राप्त ठेलाको सही सदुपयोग गर्न आग्रह गरेका थिए ।
सोही अवसरमा फिल्ड अफीसर हुसेनले बिपन्न परिवारको पहिचान गरी ठेला उपलब्ध गराइएको बताए । ४० हजार मुल्यको ठेला सहीत नगद २ हजार समेत प्रदान गरिएको थियो । ठेला पाएका चार जनाले नै फलफुल बिक्री गर्ने बताएका छन । अहिले सम्म कपिलस्तुमा सो संस्थाले ६५ बिपन्न परिवारलाई ठेला दिएको जनाएको छ । ठेला पाएर निकै खुशी भएका छन ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,