Connect with us
Kapilvast Forest

बाँकेमा दुई वर्षिय बालिका र ७० वर्षय पुरुषसहित ४१ जना संक्रमण मुक्त

२०७७, ४ आश्विन आईतवारमा प्रकाशित

नेपालगञ्ज-बाँकेमा दिनदिनै संक्रमणमुक्त भएर घर फर्किनेहरु बढ्दै गएका छन् । सो क्रममा आइतबार पनि जिल्लामा एक दुई वर्षिय बालिका र ७० वर्षय पुरुषसहित ४१ जना संक्रमितहरु संक्रमण मुक्त भएर घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले आईतबार एक २ वर्षिय बालिका र ७० वर्षिय पुरुषसहित बाँकेबाट ४१ जना कोरोना संक्रमित निको भएर घर फर्किएको बताउनुभयो ।

उहाँले भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएपछि विभिन्न आइसोलेसन सेन्टर र अस्पतालमा रहेका ८ महिला र ३३ पुरुष गरेर ४१ जनालाई आइतबार डिस्चार्ज गरिएको जानकारी दिनुभयो ।

१४ दिनसम्म आइसोलेसनमा रहँदा उहाँहरुलाई कुनै पनि लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएपछि स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार डिस्चार्ज गरेर घर पठाईएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार यसरी निको भएर आइतवार घर फर्किनेहरुमा २ वर्षिय बालिकादेखी ७० वर्षिय पुरुषसम्म रहेका छन ।

संक्रमणमुक्त भएर फर्किएका ४१ जनासँगैै बाँकेमा कोरोनामुक्त भएर घर फर्किनेको सँख्या १ हजार २४४ पुगेको छ । जिल्लामा हालसम्म १ हजार ५९० जनामा संक्रमण पुष्टि भएको र ती मध्ये १ हजार २४४ जना निको भएर घर फर्किसकेको तथा १० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,