Connect with us
Kapilvast Forest

सन्दीप आवद्ध दिल्लीको आइपीएलमा विजयी सुरूवात, दिल्लीले पञ्जाबलाई हरायो

२०७७, ५ आश्विन सोमबारमा प्रकाशित

ipl-sandip.jpg

 

एजेन्सी- नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा विजयी सुरूवात गरेको छ ।

आइतबार राति यूएईमा सम्पन्न खेलमा दिल्लीले सुपर ओभरमा पञ्जाबलाई हराएको छ ।पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनाएको खेलमा केएल राहुल २ र निकोलस पुरन शुन्य रनमा आउट भए । दुवै विकेट कागिसो राबा‍डाले लिनु भयो ।

तीन रनको लक्ष्य दिल्लीले तीन बलमा पूरा गर्‍यो । दिल्लीका ऋषभ पन्तले विजयी रन प्रहार गरे । यसअघि, दिल्लीले जितका लागि पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

पञ्जाबले ८ विकेट गुमाएर १ सय ५७ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।पञ्जाबका लागि मयंक अग्रवालले ८९ रनको शानदार पाली खेल्नु भएको थियो। ओपनर केएल राहुलले २१, कुष्णप्पा गौतमले २० र सर्फराज खानले १३ रन बनाउनु भएको थियो । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

दिल्लीका कागिसो राबाडा, रविचन्द्रन आश्विन र मार्कुस स्टोनिसले समान २–२ विकेट लिनु भएन । मोहित शर्मा र अक्षर पटेलले १–१ विकेट हात पानुृ भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,