Connect with us
Kapilvast Forest

इपिएलमा लिभरपुलले चेल्सीलाई उसकै मैदानमा २–०ले हरायो

२०७७, ५ आश्विन सोमबारमा प्रकाशित

chelsi-foot-ball.jpg
file photo chelsi-foot-ball team

काठमाडौं- इंग्लिस प्रिमियर लिग डिफेन्डिङ च्याम्पियन लिभरपुल र टोटनह्यामले सहज जित निकालेका छन् । आइतबार राति भएको खेलमा सेनेगल स्ट्राइकर साडियो माने चम्किएपछि लिभरपुलले चेल्सीलाई उसकै मैदानमा २–०ले हरायो भने टोटनह्यामले ह्युङ मिन सनको ४ गोल मद्दतमा साउथह्याम्पटनलाई ५–२ले हरायो ।

आइतबार राति स्टामफोर्ड ब्रिजमा भएको लिभरपुल र चेल्सीबीचको खेलका पहिलो हाफा गोलरहित बराबरीमा सकिएको थियो । तर, पहिलो हाफको अन्तिम मिनेटमा चेल्सीका डिफेन्डर एन्ड्रियास क्रिस्टिन्सन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी दबाबमा आएको थियो ।

५०औं मिनेटमा मानेले हेर्डमार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । लगत्तै चेल्सीको किपरको गम्भीर गल्तीमा मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । डिफेन्डरले ब्याक पास दिएको बलमा केपा अरिजाबलागाले डिबक्सभित्रै रहेका मानेलाई पास दिँदा ५४औं मिनेटमा उनले गोल गरेका थिए ।

७५औं मिनेटमा चेल्सीले खेलमा फर्किने राम्रो अवसर पायो । प्राप्त पेनाल्टीमा जर्गिन्हो गोल गर्न असफल भए । चेल्सका टिमो वार्नरलाई डिबक्समा लगाएछि प्राप्त पेनाल्टीमा जर्गिन्होको प्रहार एलिन्सनले रोकेका थिए ।

यसैगरी कोरियन स्ट्राइक ह्युङ मिन सनले ४ गोल गरेपछि टोटनह्यामले साउथह्याम्पटनलाई उसकै मौदनमा ५–२ले पारजित गरेको हो । टोटनह्यामको यो लिगमा पहिलो जित हो ।

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,