Connect with us
Kapilvast Forest

पोखरीमा डुबेका दुई छोरीको उद्धार गर्न खोज्दा आमाको पनि मृत्यु

२०७७, ५ आश्विन सोमबारमा प्रकाशित

dubnu
प्रतिनिधिमुलक तस्विर

विराटनगर – मोरङमा माछा पाल्ने पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–४ बनसखण्डीकी ३५ वर्षीय सीता अधिकारी, उहाँका १३ र ९ वर्षीया छोरीहरुको मृत्यु भएको हो ।

१३ वर्षीया छोरी पबित्रा र ९ वर्षीया कृतिका पोखरीमा डुबेपछि उद्धार गर्न गएकी सीताको पनि मृत्यु भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताउनु भयो।

आइतबार दिउँसो माछा पाल्ने पोखरीमा सीताका दुई छोरी पसेका थिए । पोखरीको डिलमा कपडा खोलेर दुई छोरी पसेको देखिएको प्रहरीको दाबी छ । गहिरो पोखरीमा दुई छोरीहरु डुबेपछि उद्धारका लागि आमा जानु भएको प्रहरीको अनुसन्धान छ

ग्रामथान गाउँपालिका–२ का वडा अध्यक्ष बैजनाथ विश्वासका अनुसार दाजुको माछा पोखरीमा सीता चारो हाल्न जानु भउको थियो । उहाँसँग दुई छोरीहरु पनि पुगेका थिए । गर्मीको समयमा कान्छी छोरी पौडी खेल्न भन्दै पोखरीमा पसिकि कान्छी छोरी कृतिका डुबेपछि निकाल्न भन्दै पबित्रा पोखरीमा पसिन् ।

बहिनीलाई निकाल्न पसेकी पबित्रा पनि डुबेपछि सीता पोखरीमा पस्नु भयो तर पोखरी गहिरो भएका कारण तीनैजना निस्कन नसकेको र घर नफर्किएपछि साँझमा खोजी गर्ने क्रममा पोखरी भित्र शव भेटिएको थियो ।

प्रहरीका अनुसार सीता दुई छोरीसहित माइतमा बस्दै आउनु भएको छ । उहाँका श्रीमान नौ वर्षयता सम्पर्कविहीन रहेकोप्रहरलिेजनाएको छ ।

घटनाबारे प्रहरीलाई बेलुका ६ बजे जानकारी पाएलगत्तै पुगेको प्रहरीले राति करिब ८ बजे शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाएको प्रहरी निरीक्षक ढकालले बताउनु भयो ।

‘घटनाको प्रकृति हेर्दा पोखरीमा डुबेर मृत्यु भएको देखिन्छ,’ प्रहरी निरीक्षक ढकालले भन्नु भयो, ‘प्रारम्भिक अनुसन्धानमा शंकास्पद विषय भेटिएको छैन ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,