Connect with us
Kapilvast Forest

खुर्पा प्रहार गरी ससुराको हत्या

२०७७, ५ आश्विन सोमबारमा प्रकाशित

hatya

नवलपरासी- पूर्वी नवलपरासीको कावासोतीमा धरिलो हतियार खुर्पा प्रहार गरी ज्वाईले ससुराको हत्या गरेको प्रहरीले जनाएको छ ।

कावासोती नगरपालिका १५ शेरगञ्ज निवासी ३१ वर्षीय सुभाष मगरले आफ्नै ससुरा ७५ वर्षीय विष्णु राईको हत्या गरेको प्रहरीले जनाएको छ ।

खुर्पा प्रहारबाट गम्भीर घाइते भएका ससुरा राईलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याइएकोमा उहाँको गएराति नै उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताउनु भयो ।

खुर्पा प्रहार गर्ने ज्वाई प्रहरी नियन्त्रणमा रहेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मध्यविन्दु अस्पतालमा राखिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,