Connect with us
Kapilvast Forest

आईपीएलमा आज सनराइजर्स र रोयल च्यालेन्जर्स भिड्दै

२०७७, ५ आश्विन सोमबारमा प्रकाशित

 

काठमाडौं-युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटमा आज सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हैदराबाद र बैंगलोर आफ्नो पहिलो खेलका लागि मैदान उत्रने छन् ।हैदराबाद र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबाद प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् ।जसका लागि पहिलो खेलमा हैदराबाद बैंगलोरलाई पराजित गर्न चाहन्छ । तर, विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोरविरुद्ध हैदराबादलाई जित निकाल्न कठिन हुनेछ ।

किनकि बैंगलोर पनि हैदराबादलाई स्तब्ध पार्दै सुखद सुरुवात गर्न चाहन्छ । अघिल्लो संस्करणको नतिजा हेर्दा दुई टिमबीचको खेलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

अघिल्लो संकरणमा दुई टिमबीच दुई भेट भएको थियो । जसमा दुबै टिमले एक एक जित निकालेका थिए । पहिलो भेटमा हैदराबादले बैंगलोरलाई १ सय १८ रनले हराएको थियो ।

तर, दोस्रो भेटमा बैंगलोरले हैदराबादलाई ४ विकेटले हराएको थियो । यस संस्करणमा दुबै टिमलाई उपाधिको दाबेदार मानिएको छ ।दुबै टिमलाई नाम चलेको खेलाडीको साथ रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,