Connect with us
Kapilvast Forest

कोरोना भाइरस नेपालः सङ्क्रमित सङ्ख्या ६५ हजार नाघ्यो, थप १६ जनाको मृत्यु

२०७७, ५ आश्विन सोमबारमा प्रकाशित

corona ncn

काठमाडौँ-पछिल्लो २४ घण्टामा ११५४ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनु भयो ।

देशभरका प्रयोगशालामा ९ हजार ५३३ नमुना परीक्षण गर्दा ४१८ महिला, ७३६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६७४ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५३८, भक्तपुरका ७४ र ललितपुरका ६२ जना छन् ।

यस्तै मोरङका १०७ जना, सप्तरीका ४७, कैलालीका ३७, रौतहटका २९, सुर्खेतका २८, नवलपरासीका २४, कास्की र रुपन्देहीका १८/१८ जना, बझाङका १६, महोत्तरीका १४, सुनसरीका ११, काभ्रे र बाँकेका १०/१० जना तथा कपिलवस्तु, रुकुम पूर्व र दैलेखका ९/९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाही, अर्घाखाँची, प्युठान र कञ्चनपुरका ७/७ जना, धादिङका ६ जना, पर्सा र नुवाकोटका ५/५ जना, सिराहा, पाल्पा र डडेलधुराका ४/४ जना, दोलखा, मकवानपुर र अछामका ३/३ जना, झापा, धनुषा, सिन्धुली, नवलपुर, रुकुम पश्चिम र बैतडीका २/२ जना तथा इलाम, उदयपुर, बारा, सिन्धुपाल्चोक, पर्वत, डोटी र बाजुराका १/१ जनामा पनि संक्रमण देखिएको छ ।हाल देशभर १७ हजार ६११ जना सक्रिय संक्रमित छन्। देशभर ८६९० जना होम आइसोलेसनमा छन्।

आज १००५ जना निको भएका छन्। हालसम्म ४७ हजार २३८ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।  पछिल्लो २४ घन्टामा ९५३३ जनाको पिसिआर परीक्षण भएको छ।

नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा थप १६ जनाको मृत्यु भएको जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२७ पुगेको छ ।

मृत्यु हुनेमा काठमाण्डू उपत्यकाका छ जना, मकवानपुरका दुई जना, बाँकेका दुई जना तथा झापा, सुनसरी, पर्सा चितवन, दोलखा र रूपन्देहीमा एक,एक जनाको विगत २४ घण्टामा  मृत्यु भएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,