Connect with us
Kapilvast Forest

आईपीएल खेलमा हैद राबादविरुद्ध बैंगलोरको शानदार जित

२०७७, ६ आश्विन मंगलवारमा प्रकाशित

ipl

 

एजेन्सी-आईपीएल २०२० सिजनको आआफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरुले ुसनराइजर्स हैदराबादुविरुद्ध शानदार जित हासिल गरेको छ ।

टस हारेर ब्याटिङमा उत्रिएको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । यसका लागि देवदत्त पडिकलले सर्वाधिक ४२ बलमा ५६ रन बनाउनु भएको थियो । यस्तै एबिडीभिलियसले ३० रनमा ५१ रन बनाउनु भयो।

विराट कोहली भने १३ बलमा १४ रन बनाउँदै आउट भए पछि । बैंगलोरको जितमा यजुवेन्द्र चहलले ४ ओभर खेल्दै १८ रन दिएर महत्वपूर्ण ३ विकेट लिनु भयो । यस्तै नवदीप सैनीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिलु भयो।

१ सय ६४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको हैदराबादले २ बल बाँकी छँदा नै सबै विकेट गुमाएको हो । यसका लागि क्याप्टेन डेबिड वार्नरले मात्र ६ बलमा ६ रन बनाउन बनाउनु भयो ।

हैदरबादका लागि जोनी बरिष्टले सर्वाधिक ४३ बलमा ६१ रन बनाउन सफल हुनु भयो । त्यस्तै मनिष पाण्डेले ३३ बलमा ३४ रन बनाउनु भएको थियो । प्रियम गर्गले १२ रन बनाउनु भयो भने बाँकी अरु ब्याट्सम्यानले दोहोरो अंक छुन सक्नु भएन । बैंगलोरले बिहीबार किंग्स ११ पन्जावविरुद्ध खेल्नेछ भने हैदराबादले शनिबार कोलकत्ता नाइट राइडर्ससँग खेल्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,