Connect with us
Kapilvast Forest

राष्ट्रिय टोलीबाट राकिटिकको सन्यास

२०७७, ६ आश्विन मंगलवारमा प्रकाशित

rakitk

एजेन्सी- क्रोएसियाका मिडफिल्डर इभान राकिटिकले आफ्नो अन्तर्राष्ट्रिय करियरबाट सन्यास लिनु भएको छ । क्रोएशियाको फुटबल संघले सोमबार राकिटिकले राष्ट्रिय टोलीबाट सन्यास लिएको जनाएको छ ।

३२ वर्षीय राकिटिकले एक दशक लामो समय खेल्दै आफ्नो देशका लागि १०६ खेल खेल्लु भएको छ । क्रोएसिया २०१८ को विश्वकपमा फाइनलसम्म पुग्दा उहाँले महत्वपूर्ण भुमिकाखेल्लनु भएको थियो। तर, फाइनलमा क्रोएसिया फ्रान्ससँग ४–२ गोलले पराजित भएको थियो ।

“क्रोएसियाली राष्ट्रिय टोलीबाट बिदाइ हुनु मेरो करियरको सबैभन्दा गाह्रो निर्णय हो,” राकिटिकले संघको बयानमा भन्नु भैको छ । स्विट्जरल्याण्डमा जन्मिएका राकिटिकले आफ्नो करियर बासेलबाट शुरू गर्नु भएको थियो । उहाँका आमाबुबाले स्विट्जरल्याण्ड छोड्नु पूर्व राकिटिकले स्विट्जरल्याण्ड राष्ट्रिय युवा टोलीबाट खेल्नु भएको थियो ।

उहाँले युरोपियन च्याम्पियनसिपको नौ महिना पहिले क्रोएशिया टीमबाट बिदा लिनु भएको हो। यतिबेला राकिटिक सेभिल्ला फर्केर आफ्नो पहिलो सिजनमा रहनु भएको छ ।

जहाँ उहाँले २०१४ बार्सिलोनामा अनुबन्ध हुनु पूर्व यूरोपा लिगको उपाधि जित्नु भएको थियो । २०१५ मा बार्सिलोनाले च्याम्पियन्स लिगको फाइनलमा युभेन्टसविरुद्ध ३–१ गोलले जित निकाल्दा राकिटिकले पहिलो गोल गर्नु भएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,