Connect with us
Kapilvast Forest

नाका बन्द हुँदा बाटैमा रोकिए करोडौं मूल्यकाका स्वास्थ्य सामग्री

२०७७, ६ आश्विन मंगलवारमा प्रकाशित

rasuwagadi
प्रतिनिधिमुलक तस्विर

काठमाडाैं-नाका बन्द हुँदा कोभिड–१९ रोकथामका लागि प्रयोग हुने करोडौं मूल्यका स्वास्थ्य सामग्री पनि बाटैमा अलपत्र छन् । नाका बन्द हुनाले स्वास्थ्य सामग्री बोकेको कन्टेनर चिनियाँ सडकमा अलपत्र छन । ‘व्यापारिक वस्तु मात्र नभई कोभिड संक्रमणबाट बच्न प्रयोग स्वास्थ्य सामग्रीको आयात पनि रोकिएको छ,’ रसुवागढी भन्सार प्रमुख पुण्य खड्काले भन्नु भयो।

बारम्बारको नाका बन्द र खुलेका बेला पनि सीमितलाई मात्र पार गर्न दिइदा तीन महिनादेखि स्वास्थ्य सामग्री चिनियाँ गोदाममा छन् ।

ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारीले नाका बन्द भएपछि पीसीआर मेसिन महँगो ढुवानी खर्चमा चीनबाट जहाजमार्फत ल्याएको बताउनु भयो । ‘कोभिड संक्रमण नियन्त्रण र उपचारमा प्रयोग हुने धेरै सामान नेपाल भित्र्याउन सकिएको छैन, अरू स्वास्थ्य सामग्री पनि अड्किएका छन्,’ उहाँले भन्नु भयो ।

रसायन–केमिकल तथा आपूर्ति व्यवसायी संघका पूर्वउपाध्यक्षसमेत रहेका भण्डारीले पछिल्लो समय धेरै मेडिकल सामग्री चीनबाटै आउने भएकाले नाका बन्द हुँदा व्यवसायीलाई ठूलो समस्या परेको बताउनु भयो । मेडिकल सामान आयतमा तीन सयभन्दा बढी फर्म संलग्न रहेको उहाँले जानकारी दिनु भयो । कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि भने सबैजसो सामग्री चीनबाटै ल्याइने गरेको छ । त्यस्ता सामग्री जसरी पनि भित्र्याउनुपर्ने बाध्यताका कारण जहाज प्रयोग गर्नुपरेको व्यवसायीको भनाइ छ ।

लकडाउनमा पनि स्वास्थ्य सामग्री आयात गर्न गत चैत २६ देखि तातोपानी भन्सारको कारोबार सञ्चालन गरिएको थियो । तर अहिले त्यहाबाट भित्र्याउने तयारी गरिएका स्वास्थ्य सामग्री खासामा थन्किएको छ । निजी क्षेत्रबाट पनि स्वास्थ्य सामग्री आयात भएकाले बाटैमा रोकिएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिनु भयो । , ‘सीमामा स्थानीय तहमा पनि कुराकानी भइरहेकाले नाका छिट्टै सञ्चालन हुने अपेक्षा गरेका छौं उहाँले भन्नु भयो ।’

सिल्क कार्गोका प्रालिका अध्यक्ष रमेश शेर्पाले आफूले ल्याउन लागेका मास्क, सेनिटाइजर, पीसीआर मेसिन, किट्सलगयात सामग्री गोदाममा थन्केको बताउनु भयो । चितवनको एक मेडिकल अस्पतालले झिकाएको पीसीआर मेसिन ल्याउन नसकेको जानकारी दिनु भयो ।

चीनले पछिल्लोपटक दुई सातादेखि उत्तरका केरुङ र तातोपानी नाका बन्द गरेपछि नेपाली व्यवसायीले खरिद गरेका अन्य सामान बोकेका सयौं कन्टेनर सीमापारि अलपत्र छन् । करोडौं मूल्यका सामान अलपत्र परेपछि नाका खोल्ने विषयमा परराष्ट्र मन्त्रालयले नेपालस्थित चिनियाँ दूतावासमार्फत कुराकानी गरेको बताउँदै आएको छ ।

केरुङ नाकाको रसुवागढी भन्सारका एक मजदुरलाई कोरोना पोजिटिभ देखिएपछि चीनले नाकाको कारोबार बन्द गरेको थियो । कोरोना पुष्टि भएको भने २२ दिन बितिसकेको छ । ती मजदुर सक्रमणमुक्त भइसकेको रसुवागढी भन्सार प्रमुख खड्काले जानकारी दिनु भयो ।

कोभिड महामारी सुरु भएपछि गत जेठमा खुलेको रसुवागढी भन्सारको कारोबार यसबीचमा मुस्किलले एक महिना भएको छ । कारोबार भएको समयमा पनि दिनमा ७–८ वटा कन्टेनर मात्र भित्रने गरेको थियो ।

भूकम्पपछिदेखि नै नेपाली व्यवसायीलाई चिनियाँ भूभागको खासा र केरुङ जान दिइएको छैन । व्यवसायीका अनुसार केरुङमा १२ सयभन्दा बढी र तातोपानी नाकाको खासामा डेढ सय कन्टेनर सामान अलपत्र छ । नाका खुलाउनका लागि व्यवसायीले मन्त्री, सांसद र नेताहरूसँग हारगुहार गर्दै आएका छन् । कान्तिपुर दैनिकमा

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,