Connect with us
Kapilvast Forest

पहिरोमा परेर बेपत्ता भएका गुल्मीका दुईजनाको शव फेला

२०७७, ६ आश्विन मंगलवारमा प्रकाशित

pahiro file ncn
प्रतिनिधिमुलक तस्विर

गुल्मी : पहिरोमा परेर बेपत्ता भएका गुल्मीका दुईजनाको शव फेला परेको छ। सोमबार राति करिब ८ बजे इश्मा गाउँपालिका–२ छल्दीपनाहा रातडाँडा सडकमा पहिरोमा पुरिएका इश्मा–२ स्यालाका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ६ वर्षीय सफल कुमालको शेव फेला परेको छ।

प्रेमबहादुरको सडकदेखि ५० मिटर तल मंगलबार बिहान शब फेला परेको हो। सफलको बिहान करिब १० बजे सोही स्थानमै शव फेला परेकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिनु भयो ।

उनीहरु पैदल हिँडिरहेका बेला सडकमाथिबाट झरेको पहिरोले पुरेको बताइएको छ। दुवै शवलाई पोष्टमार्टमका लागि तम्घास अस्पताल गुल्मीमा ल्याइएको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,