Connect with us
Kapilvast Forest

दुर्लभ एकसिङे गैँडा संरक्षणमा चुनौती

२०७७, ६ आश्विन मंगलवारमा प्रकाशित

चितवन – दुर्लभ एकसिङे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा संरक्षण चुनौतीपूर्ण बनेको हो ।चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल पछिल्ला दिनमा गैँडा संरक्षणमा चुनौती थपिएको बताउनुहुन्छ । निकुञ्जभित्र जतिसुकै राम्रो व्यवस्थापन भए पनि बाहिरका खाद्यान्न बालीका कारण गैँडा आकर्षित हुँदा समस्या भएको उहाँले बताउनुभयो । मध्यवर्ती क्षेत्रमा बाली प्रणाली नै परिवर्तन गर्नसकेमा संरक्षणमा टेवा पुग्ने उहाँको भनाइ छ ।

निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरका अनुसार हरेक १०/१० वर्षमा चोरी सिकारी बढ्ने गरेको छ । उहाँका अनुसार सन् १९७० देखि ८० को दसशकमा चोरी सिकारी कम भएको भए पनि त्यसपछिको दशक चोरी सिकार बढी भएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी ८० को दशकमा चोरी सिकार बढेको ९० दशकमा घटेको, सन् २००० को दशकमा बढेको र सन् २०१० को दशकमा कमी आएको भन्दै उहाँले सन् २०२० को दशक चोरी सिकारी बढ्न सक्नेतर्फ सचेत गराउनुभयो । सरकारी निकाय सुस्ताउँदा तस्कर सक्रिय हुने गरेको उहाँको भनाइ छ ।

झण्डै चार वर्षपछि गएकाे भदौ २३ गते तस्करले गैँडा मारेकाे थियो । यसपछि निकुञ्ज सुरक्षामा थप कडाइ गरिएको छ । गैँडा मारेको मुद्दामा १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिबाना वा दुवै हुने व्यवस्था छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,