Connect with us
Kapilvast Forest

कोरोना अपडेट : आज थप १ हजार ३सय ५६, संक्रमण ८ सय २३ जना ,मृत्यु २ जना

२०७७, ६ आश्विन मंगलवारमा प्रकाशित

corona

काठमाडौं -पछिल्लो २४ घण्टामा  नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य  तथा जनसं‌ख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा १३५६ जनामा संक्रमण देखिएको हो ।

अब नेपालमा कुल कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने १८ हजार १ सय ४२ रहेको छ । कोरोना भाइरस संक्रमण निको भएर पछिल्लो २४ घण्टामा ८२३ जना डिस्चार्ज  भएका छन् । कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल सं‌ख्या ४८ हजार ०६१ रहेको छ ।

कोरोना संक्रमित थप २ जनाको मृत्यु भएको छ । कोरोनाबाट ज्यान गुमाउने काठमाडौँका ५० वर्षीय पुरुष र काभ्रेपलाञ्चोककी ५० वर्षीया महिला छन् ।योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८ सय २३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारीदिनु भयो ।

यो सँगै नेपालमा  ४८ हजार ६१ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ११ हजार १ सय ५४ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ९ लाख ३४ हजार ९ सय ७७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  मन्त्रालयका अनुसार ७ हजार १ सय ७१ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १८ हजार  १ सय ४२ रहेको छ।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ –४३९७
प्रदेश २– १२४७६
बाग्मती प्रदेशमा –११८५४
गण्डकी प्रदेशमा –२८१९
प्रदेश ५मा –७४७७
कर्णाली प्रदेशमा –२७४९
सुदूरपश्चिम प्रदेशमा ६२५४

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,