Connect with us
Kapilvast Forest

संवैधानिक निकायहरुमा नियुक्ति गर्न प्रधानमन्त्रीलाई नेकपाको आग्रह

२०७७, ६ आश्विन मंगलवारमा प्रकाशित

chibalaya_nekapa

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठकले संवैधानिक निकायहरुमा नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज(मंगलवार)बसेको सचिवालय बैठकले रिक्त रहेका संवैधानिक निकायहरुमा नियुक्त गर्न आग्रह गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भयो ।

‘संवैधानिक निकायमा नियुक्त गर्नका लागि कानूनले नै मापदण्ड बनाएको छ, त्यसका आधारमा संवैधानिक परिषदले निर्णय गर्छ ।’प्रवक्ता श्रेष्ठले संवैधानिक परिषदको बैठक छिटो बोलाउन प्रधानमन्त्रीलाई आग्रह गरिएको समेत जानकारी दिनु भयो ।

साथै उहाँले सरकारको कामलाई प्रभावकारी बनाउन, पार्टी र सरकारको सम्बन्ध अझ सुदृढ बनाउने विषयमा छलफल भएको पनि बताउनु भयो ।साथै बैठकले सांगठनिक एकताका बाँकी काम पूरा गर्न आवश्यक प्रस्ताव ल्याउन पार्टी अध्यक्ष र महासचिवलाई १० दिनको समय दिइएको जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,