Connect with us
Kapilvast Forest

एलाइन्सले ल्यायो चिनियाँ प्रबिधी, ट्रेनिङ लिनेलाई रोजगार ग्यारेन्टी

२०७७, ६ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौ- काठमाडौको  पुतलीसडकमा रहेको कम्युटर ट्रेनिङ सम्बधी एण्डभान्स कोर्ष सिकाउदै आएको एलाइन्सले नयाँ प्रबिधी भित्राएको छ ।

भारत र चीन सिकाइने कोर्ष सहित कम्युटर ट्रेनिङको आधुनिक प्रबिधी भित्राएको हो । एलाइन्सले ल्याएको नयाँ प्रबिधीसहितको कम्युटर ट्रेनिङले नेपाली युवा बिद्यार्थीको लागि सुनौलो अवसर हुने एलाइन्स प्रालिका सञ्चालक दिपक पोखरेल बताउनुहुन्छ ।

एलाइन्सले ल्यापटप, मोवाईल, प्रिन्टर टिभि लगायत इलेक्टिक डिभाईसहरुको चिप लेभलको तालिम र मर्मतका काम गर्दै आएको एलाइन्सले १० वर्षभयो । १० वर्षमा प्रबिधीले समेत ठुलो फड्को मार्दै गएकोले पनि चीन र भारतमा पढाइहुने कोर्षमा नेपालमा भित्राईको पोखरेल बताउनुहुन्छ ।

१० वर्षको समयमा एलाइन्सले धेरैलाई सिप सिकाएर आफै रोजगारीको साथै आत्मनिर्भर बनाउने काम समेत गरेको छ । एलाईन्समा केही महिनाको तालिम मात्र लिएर धेरै बिद्यार्थी आत्मनिर्भर बनेको पोखरेलको भनाई छ । अहिले समय प्रबिधीको युग भएकोले प्रत्येक दिन नयाँ प्रबिधी बजारमा आउने गरेको छ । रोजगारीको लागि मार्कसिट बोकेर जागिरको लागि दौडिने भन्दा सिप सिकेर सानो लगानीमा राम्रो आम्दानी गर्ने सक्ने माध्यम टेक्निकल शिक्षा नै भएको पोखरेलको भनाइ छ ।

नुवाकोटबाट पढ्नको लागि काठमाडौ आउनु भएको कञ्चन बुढाथोकी अहिले काठमाडौको न्युरोडमा आफ्नै मोवाइल रिपेरिङ सेन्टर खेलेर बस्नुभएको छ । एलाइन्समा २ वर्ष अघि टेक्निकल पढ्नु भएका बुढाथोकी भन्नुहुन्छ “अहिले पनि बजारमा मर्मत सम्हारको काम गर्ने दक्ष जनशक्ति अझै कम छन । मोवाइल र ल्यापटपको प्रयोगकर्ता बढेसंगै बनाउने आउनेहरु सख्या समेत बढ्दा आम्दानीको स्रोत समेत बढेको छ ।”

यस्तै एलाइन्समा पढेर काठमाडौ छोडेर आफनो घर चितवनमा मोइवाइल मर्मत सेन्टर खोलेर बस्नुभएको रमेश सुवदीले आफनो सिप प्रति सन्तुुष्ट भएको बताउनुहुन्छ । सुवेदी भन्नुहुन्छ “सिप सिक्यो भने बिदेश गएर कामाउनु भन्दा परिवारसंग बसेरै बिदेशको भन्दा बढि कमाउन सकिन्छ ।”

एलाईन्स सञ्चालक पोखरेलले आफनोबाट तालिम लिएर पढेकाहरु गाँउ देखि शहरसम्म आफै काम गरेर राम्रो कमाइ भएको भनेर बेला बेलामा बिद्यार्थीले सम्झिदा मन खुसी हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “एलाइन्समा आएर पढेकाहरु बजारमा राम्रो आम्दानी गरेर आफु भन्दा धेरैले कमाएको पनि उदाहरण छ ।”

पोखरेल पछिल्लो समय चीन गएर नयाँ प्रबिधीको ज्ञान हासिल गर्दै त्यहाको आधुनिक प्रबिधीलाई एलाइन्समा ल्याएर सिकाउन थाल्नु भएको छ। बिश्वमा प्रविधीले मारेको फड्को लाई आफुले पनि जान्न र सिकाउन पर्ने हुनाले पनि दुइ महिना चीन गएर नयाँ प्रबिधीबारे सिकेर आएको पोख्ररेल बताउनुहुन्छ ।

चीनको पछिल्लो प्रबिधी नेपाली बिद्यार्थीलाई सिकाउन पाए नेपाली युवालाई कम्युटर, मोवाइल, ल्यापटपपमा आउने धेरै समस्या हल गर्न सक्ने र आफुले नै पसल खोलेर लाखौ कमाउने सक्ने दक्ष बन्न सक्ने उहाँको दाबी छ । एलाइन्सका ल्यापटप, डेक्सटप, म्याक, आइफोन मोवाइल, डाटा रिकभरी , सिसी क्यामरा सम्बधी कोर्ष सिकाउने गरिन्छ ।

 

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,