Connect with us
Kapilvast Forest

कीर्तिमानी आराेही आङरिता शेर्पाकाे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

२०७७, ७ आश्विन बुधबारमा प्रकाशित

काठमाडौं– कीर्तिमानी आराेही आङरिता शेर्पाकाे बुधबार काठमाण्डाैमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएकाे छ ।विना अतिरिक्त अक्सिजन १० पटकसम्म सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्नुभएका उहाँकाे शेर्पा समुदायको विधिअनुसार अन्त्येष्टि गरिएकाे छ । उहाँको सोमबार बिहान १० बजे काठमाण्डाैकाे जाेरपाटीमा रहेकाे आफ्नै निवास निधन भएको थियो ।

सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गर्नुभएका शेर्पाले अन्तिम पटक सन् १९९६ मा विना अतिरिक्त अक्सिजन सगरमाथामा पाइला टेक्नुभएकाे थियो । उहाँले सर्वोच्च शिखर सगरमाथा मात्रै नभइ विना अतिरिक्त अक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको पटक–पटक आरोहण गर्नुभएको थियो ।

उहाँकाे अन्त्येष्टि कार्यक्रममा विभिन्न नेता तथा उच्च पदस्थ अधिकारीहरुकाे सहभागिता रहेकाे थियाे ।दुई दशकअघि कलेजोसम्बन्धी रोगबाट पीडित भएपछि पर्वतारोहण त्याग्नुभएका उहाँलाई चार वर्षअघि मस्तिष्कसम्बन्धी समस्या देखा परेको थियो ।

आङरिता शेर्पाको कोठामै आएर तत्कालीन युवराज दीपेन्द्रले भन्नुभयो, ‘अब सक्नुहुन्न, हिमाल नचढ्नुस्’कीर्तिमानी पर्वतारोही भए पनि उपचारका लागि सरकारले सहयोग नगरेको उहाँको परिवारले गुनासो गर्दै आएको थियो । शेर्पा सन् १९४८ मा सोलुखुम्बुको यीलाजुङ गाउँको सामान्य परिवारमा जन्मनुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,