Connect with us
Kapilvast Forest

बाढीबाट सतर्क रहन कपिलवस्तुका बासिन्दालाई स्थानीय प्रशासनको आग्रह

२०७७, ७ आश्विन बुधबारमा प्रकाशित

khola
फाइल तस्बिर

कपिलवस्तु – जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले नदी तटीय क्षेत्रमा संभावित बाढीको उच्च जोखिम विरुद्ध सतर्क रहन सवैमा आग्रह गरेको छ। विहानैदेखि परेको अविरल वर्षा र वर्षासँगै जिल्लाका विभिन्न नदीहरुमा बाढी आउन सक्ने जल तथा मौसम विज्ञान विभागको पुर्वानुमान जानकारी पाए लगत्तै स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका सर्वसाधारणहरुमा यस्तो आग्रह गरको हो।

जल तथा मौसम विज्ञान विभागको पुर्वानुमान अनुसार कपिलवस्तु जिल्लाको वाणगंगा नदी र आसपासका धेरै क्षेत्र, रुपन्देहीको सुर्यपुरा, लुम्विनी, भैरहवामा अझै थप ठुलो वर्षा हुने सम्भावना रहेको छ। कपिलवस्तुको वाणगंगा नदी र रुपन्देहीको कन्चन नदी, दानो नदी र तिनाउ नदीमा बाढी आउन सक्ने अनुमान गरिएको छ।

सम्भावित बाढीको जोखिमलाई कम गर्न आम सर्वसाधारणमा जोखिम सम्वन्धी जानकारी, जिल्लाका सुरक्षा निकायलाई जोखिम विरुद्ध उद्दारमा जुट्न तयारी अवस्थामा रहन निर्देशन र नदी तटीय क्षेत्र र आसपासका स्थानीय पालिकाका जनप्रतिनिधीहरुलाई जोखिमबाट बच्न सकिने उपायहरु सहित तयारी अवस्थामा वस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,