Connect with us
Kapilvast Forest

प्रदेश ५ मा ‘कृषकसँग कृषि विद्यार्थी’ कार्यक्रम सुरु

२०७७, ७ आश्विन बुधबारमा प्रकाशित

bhumi-suda-5.png

बुटवल — विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउन तथा किसानलाई प्राविधिक ज्ञान सिकाउन भन्दै प्रदेश ५ सरकारले ‘कृषकसँग कृषि विद्यार्थी’ कार्यक्रम सुरु गरेको छ ।कृषि प्राविधिक पढ्दै गरेका विद्यार्थीलाई व्यावसायिक कृषिमा आकर्षित गर्न र कमाउँदै पढ्दै गर्ने वातावरण बनाउन कार्यक्रम सुरु गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताउनु भयो ।

यसका लागि चालु आर्थिक वर्षमा एक करोड रकम विनियोजन भएको छ । जुन रकम कृषि प्राविधिक पढाउने विद्यालय तथा क्याम्पसलाई बढीमा १० लाखका दरले उपलब्ध गराइने छ । त्यसबाट शिक्षण संस्थाले जमिन लिजमा लिने र त्यसमा कुनै कृषि फार्म सञ्चालन गर्ने छ । त्यसमा काम गरेको र उत्पादन बेचेबापतको रकम विद्यार्थीलाई दिइने छ ।

कृषकसँग कृषि विद्यार्थी कार्यक्रममा छनोट हुनेले आफ्नो स्थानीय तहका किसानलाई आवश्यक पर्ने प्राविधिक ज्ञान पनि सिकाउनु पर्ने छ । यसले कृषि पढेका विद्यार्थी जागिरको साटो व्यावसायिक कृषिमा लाग्ने प्रदेशको कृषि निर्देशनालयका निर्देशक यामनारायण देवकोटाले बताउनु भयो ।

कृषि विद्यार्थी छनोटका लागि मन्त्रालयले कार्यविधि तयार गरेको छ । कार्यविधिअनुसार विद्यालय र विद्यार्थी छनोट प्रक्रिया अगाडि बढाएको निर्देशक देवकोटाले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,