Connect with us
Kapilvast Forest

बामदेवलाई सर्वोच्च अदालतको यस्तो आदेश (पत्रसहित)

२०७७, ७ आश्विन बुधबारमा प्रकाशित

bamdev

काठमाडाैं- सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले नेता गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न नगराउन आज सो आदेश जारी गरेको हो ।

गौतमको मनोनयन संविधानविपरीत रहेकाे भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै न्यायाधीश भट्टराईको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

गौतमलाई भदाै २९ मा मन्त्रिपरिषद्ले गौतमलाई राष्ट्रियसभामा सिफारिस गरेकाे थियाे ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित गौतमलाई १ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनीत गर्नु भएको थियो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,