Connect with us
Kapilvast Forest

जीप भेटियो , वेपत्ता दुई अझै भेटिएन्, खोजी कार्य जारी

२०७७, ८ आश्विन बिहीबारमा प्रकाशित

kapilvastu
फाइल तस्बिर

कपिलवस्तु-वाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरणको गाडी बगाउँदा एक जनाको मृत्यु भएको छ। गाडीमा ६ जना सवार थिए। ६ मध्ये ३ जनाले बाढीमा पल्टिएको गाडीबाट निस्केर ज्यान जोगाएभने दुई जना बेपत्ता छन्।ईलाका प्रहरी कर्यलय पिपराका अनुसार खोलाले बगाएको जीप फेला परेको छ । बाढी वाणगंगा वडा नं। ७ र ९ को सीमामा पर्ने कोइली खोलामा आएको हो ।

 

विहानैबाट सुरक्षाकर्मीको टोली परिचालित भएको छ । हिजो दिउसो ४ बजेदेखि राति ८ बजेसम्म खोजी भए पनि वेपत्ता भएका २ जनाको शव नभेटिएपछि आज विहानै ५ बजेबाट खोजी कार्य सुरु भएको हो ।

 

खोजी कार्य सुरु भए पनि खोलामा पानीको सतह हिजोको भन्दा उच्च भएकाले थप समस्या भएको घटनास्थलबाट सशस्त्र प्रहरी वल पिपराका इन्स्पेक्टर चन्द्र प्रसाद ढकालले जानकारी दिनुभयो ।

६ जना सवार जिपमा तीन जना भने हाम फालेर बाँच्न सफल भएका छन् । हाम फालेर बाँच्न सफल मध्ये विजय पौडेल र पर्शुराम थारु विद्युतका कर्मचारीहरु हुन् भने कोपिला अधिकारी शिक्षका हुनु ।

 

अझै विद्यूत फ्यूज शाखा प्रमुख कृष्ण प्रसाद पौडेल र केशव भाट क्षेत्री वेपत्ता छन् ।घटना स्थलमा अहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी परीचालन भई खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,