Connect with us
Kapilvast Forest

वर्षाले अर्घाखाँचीमा घर भत्किँदा २ घाइते,गोठ भत्किँदा २ वटा भैंसी मरे ,अधिकांश सडक भत्किए

२०७७, ८ आश्विन बिहीबारमा प्रकाशित

pahiro
प्रतिनिधिमुलक तस्विर

अर्घाखाँची-लगातारको वर्षाले अर्घाखाँचीको सितगंगा नगरपालिकामा घर भत्किँदा दुइ जना घाइते भएका छन । जिल्लाको सितगंगा नगरपालिका ४ चाक्लामा दिपक सुनारको घर भत्किँदा २ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जानकारी दिएको छ ।

तीन दिनदेखि परेको अविरल वर्षाका कारण जिल्लाको भुमिकास्थान नगरपालिकाको ९र ७ वडामा गोठ भत्किँदा २ वटा भैंसी मरेक छन्। अविरल वर्षाका कारण गोरुसिंगे सन्धिखर्क सडकखण्डको विभिन्न ठाउँमा पहिरो झरेर सडक अवरुद्ध भएको छ । सडकमा पहिरो झरेपछि सवारी साधनहरू बिहीबार बिहानैदेखि रोकिएका छन् ।

 

बिहीबार बिहानैदेखि स्काभेटर र डोजरले पहिरो हटाउने प्रयास भइरहेको, तर पहिरो निकै ठूलो भएकाको र पहिरो पहिरो खस्ने क्रम नरोकिएकाले ले सडक खुलाउन समय लाग्ने प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनु भयो । लगातारको वर्षाले जिल्लाकाठाउँ ठाउँमा विद्युत अवरुद्ध भएको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,