Connect with us
Kapilvast Forest

प्रदेश ५ मा बायो मेडिकल टेक्नोलोजी पढाइ हुने

२०७७, ८ आश्विन बिहीबारमा प्रकाशित

medical.jpg

बुटवल — बिरामीको उपचारमा प्रयोग हुने उपकरण मर्मतसम्हार सिकाउन प्रदेश ५ सरकारले बायो मेडिकल टेक्निकल इन्डस्ट्रिज सञ्चालन गर्ने भएको छ ।चिकित्सकहरुले प्रयोग गर्ने उपकरण मर्मतमा बाहिरिएको लाखौं रकम रोक्न र युवामा रोजगारी बढाउन भन्दै बायो मेडिकलको प्राविधिक पढाइ सुरु गर्न लागेको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताउनु भयो ।

त्यसका लागि रुपन्देहीको देवदहमा जग्गा व्यवस्थापन गरी प्रारम्भिक काम थालिएको छ । बायो मेडिकल टेक्नोलोजी पढाउन चालू आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयले डेढ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यसबाट ३० जना विद्यार्थीलाई निस्शुल्क बायो मेडिकल प्राविधिक पढाइने छ । कक्षा १२ पास गरेका विद्यार्थीलाई पढ्ने अवसर दिइने छ । मन्त्री बरालले अहिले बायो मेडिकल टेक्निकल इन्डट्रिज सञ्चालनको ढाँचाबारे छलफल अघि बढेको बताउनु भयो । ‘अहिलेसम्म नेपालमा काठमाडौंमा मात्र बायो मेडिकल टेक्नोलोजी पढाइ हुन्छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,