Connect with us
Kapilvast Forest

हप्तामा २ दिन सार्वजनिक बिदा गर्न प्रस्ताव

२०७७, ८ आश्विन बिहीबारमा प्रकाशित

काठमाडाैं-आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्बाट गराउन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय आन्तरिक गृहकार्यमा जुटेको छ ।

मन्त्रालयले यसबारे थप तयारी गर्न बिहीवार ७ सदस्यीय समिति गठन गरेको मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराईले जानकारी दिनु भयो ।मन्त्रालय र मातहतका सबै निकाय सम्मिलित उच्चस्तरीय बैठक बसी यसबारेमा अध्ययन तथा प्रतिवेदन पेश गर्न समिति गठन गरिएको उहाँले बताउनु भयो ।

मन्त्रालयको प्रशासन तथा योजना महाशाखाको संयोजकको नेतृत्वमा गठित सो समितिमा मन्त्रालयबाट २ जना, पर्यटन बोर्ड, पर्यटन विभाग, अर्थमन्त्रालय, सामान्य प्रसासन मन्त्रालय लगायतबाट सदस्य रहेका छन् ।

अध्ययन प्रतिवेदनका आधारमा मन्त्रालयले यो निर्णय कार्यान्वयन गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने छ ।त्यसपछि मन्त्रिपरिषद्ले यस प्रस्तावलाई स्विकृत गरेमा मुलकमा हप्तामा २ दिन सार्वजनिक विदा हुने मन्त्रालयका प्रवक्ता भट्टराईले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,