Connect with us
Kapilvast Forest

आज साँझ ५ मन्त्रिपरिषद् बैठक बस्दै

२०७७, ८ आश्विन बिहीबारमा प्रकाशित

mantri

काठमाडौं – बिहीबार साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक साँझ ५ बजेलाई बोलाइएको सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनु भयो ।

मन्त्री ज्ञवालीका अनुसार बिहीबारको मन्त्रिपरिषद् नियमित भएकाले मन्त्रालयगत एजेण्डामा छलफल हुनेछ । मन्त्रिपरिषद‍्को नियमित बैठक साताको सोमबार र बिहीबार बस्ने गरेको छ ।

‘आजको नियमित बैठक हो । नियमित बैठकमा मन्त्रालयगत एजेण्डाहरुमा छलफल र निर्णय हुनेगर्छ । त्यसमा पनि आज स्वास्थ्य मन्त्रालयको प्रस्तावमा कोभिड(१९ सँग सम्बन्धित नयाँ केही निर्णयहरु हुन सक्छन्’ मन्त्री ज्ञवालीको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितकोे संख्या २५ हजार पुगेपछि देशभर त अब लकडाउन हुन्न तर संक्रमितको अवस्था हेरिकन आवश्यकता अनुसार निर्णयहरु हुन सक्ने उहाले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,