Connect with us
Kapilvast Forest

नेपाल–चीन सीमाको ११ नम्बर पिलर भेटियो

२०७७, ८ आश्विन बिहीबारमा प्रकाशित

11 number piller

काठमाडौं – नेपाल–चीन सीमा क्षेत्रको ११ नम्बर सीमास्तम्भ ९पिलर० भेटिएको छ । नेपाल र उत्तरी छिमेकी देश चीन बीचको सिमानामा राखिएको ११ नम्बरको सीमास्तम्भ भेटिएको हो ।हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरी नेतृत्वमा जिल्लाका सुरक्षा प्रमुखहरूको टोलीले हराएको भनिएको सीमा स्तम्भ फेला पारेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर तामाङले बताउनु भयो

हुम्लाको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङ ले प्रमुख जिल्ला अधिकारी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोलीले सीमा स्तम्भ भेटिएको जानकारी दिनु भयो । सीमास्तम्भ नाम्खा गाउँपालिका वडा ६ को टाकुलेमा पर्छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले बुधबार सीमास्तम्भ फेला पारेको हो ।

‘सीडीओसहित नेपाली सेनाको सात, शसस्त्र प्रहरीको १४ जना गरी झण्डै २४र२५ जनाको टोली टाकुले पुगेको थियो’, गाउँपालिका अध्यक्ष तामाङले भन्नुभयो, ‘टोलीले ११ नम्बर सीमास्तम्भ भेटिएको भनेको छ ।’ सीमा स्तम्भ खोज्न टोली आइतबार त्यसतर्फ लागेको थियो । तीन दिन लगाएर खोजी गरेपछि सीमास्तम्भ भेटिएको पनि उहाँले जानकारी दिनुभयो ।

‘सीमा भेटिएको गाउँपालिकाको म आफै अध्यक्ष हो, टोलीमा जाँदा म पनि सँगै थिएँ तर बीचमा गाउँपालिकाको कामले यतै रोकिए, अरु जानकारी पछि आउला’, उहाँले भन्नुभयो । हुम्लाको लिमी गाउँका बासिन्दाले नाम्खा गाउँपालिका ६ को लाप्चामा चिनियाँ पक्षले भवन बनाएको र नेपालीले पहिला चौँरी चराउने ठाउँमा अहिले जान अवरोध गरेको गुनासोसहित समाचार आएको थियो । यो गुनासोपछि सीमा स्तम्भ खोज्न गएको प्रमुख जिल्ला अधिकारी गिरीसहितको टोली फर्किएको छ । शुक्रबारसम्ममा सदरमुकाम सिमीकोट आइपुग्नेछ ।

सिमीकोटबाट लाप्चा झन्डै एक सय पाँच किलोमिटरको दुरीमा पर्छ । सरकारले चीनसँग कुनै सीमा विवाद नभएको र चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको प्रष्ट पारेको छ । हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरु निर्माण गरेको समाचार सार्वजनिक भएपछि सरकारले भूमि नमिचिएको प्रष्ट पारेको हो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार चीनको तर्फबाट नेपाली भूमि नमिचिएको बताउनुभएको हो । लिमी उपत्यकामा जिल्ला प्रशासन कार्यालय हुम्लाबाट स्थलगत अध्ययनका लागि टोली त्यसतर्फ गएको र टोलीले थप तथ्यहरु ल्याउने समेत उहाँले बताउनुभयो ।

मन्त्री ज्ञवालीले भन्नुभयो, ‘२०७३ सालमा पनि यस्तै समाचार सार्वजनिक भएको रहेछ । त्यति बेला अन्तर मन्त्रालय छानबिन समिति (गृह, परराष्ट्र र नापी) को टिमले स्थलगत अध्ययन गरेर एक किलोमिटर चिनियाँ भूमिभित्रै बनेको प्रतिवेदन तयार भएको थियो । अहिले त्यही ठाउँमा नै बनाएको जानकारी प्राप्त भएको छ । सीमा समस्या छैनन् । देखा परे पनि सौहार्दपूर्ण तरिकाले वार्ता गर्ने कुरा छँदैछ । स्थलगत अध्ययनमा गएको टोली फर्केपछि थप तथ्यहरु सार्वजनिक हुनेछन् ।’

नेपाली सुरक्षा प्रमुखहरू त्यस क्षेत्रमा करिब २ घण्टा बसेर मात्रै तल हिल्सा जाने बाटो झरेका थिए। त्यहाँ भएको सामान्य छलफलमा चिनियाँ सुरक्षा अधिकारीहरूले नेपाली टोलीसँग उक्त भूमि चीनकै भएको र चीनकै भूमिमा भवन बनाएको दाबी गरेका थिए। चीनले नेपाली भूमि अतिक्रमण गरेर ठूला भवन बनाएको समाचार प्रकाशित भएपछि काठमाडौंस्थित चिनियाँ राजदूतावासले विज्ञप्ती जारी गरेर चीनले आफ्नै भूमिमा भवन बनाएको भन्दै खण्डन गरिसकेको छ।

यता परराष्ट्र मन्त्रालयले पनि नेपाल र चीनबीच सीमा समस्या नरहेको बताइसकेको छ। उक्त क्षेत्र हुँदै मानसरोवर जाने तीर्थयात्रीहरू हिँड्ने गरेको गाउँपालिका अध्यक्ष लामाले बताए। चीनले अहिले भवन बनाएको ठाउँबाट खुला सीमाना हुँदा नेपालीहरू चीनको बजारमा सामान लिन जाने र चीनको सेना त्यहाँबाट साढे २ किलोमिटर पर मात्रै भेटिने गरेको गाउँपालिका अध्यक्ष सम्झन्छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,