Connect with us
Kapilvast Forest

देशभर १ हजार ४९७ संक्रमित थपिए,कुन जिल्लामा कति संक्रमित(विवरणसहित)

२०७७, ८ आश्विन बिहीबारमा प्रकाशित

corona ncn

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३ सय १ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ४ सय ९७ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १२, झापामा ४, भोजपुरमा १, मोरङमा ७३, संखुवासभामा ३ र सुनसरीमा १३ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश २ को धुनषामा १०, पर्सामा २३, बारामा ६, महोत्तरीमा ४, रौतहटमा ४, सप्तरीमा १६, सर्लाहीमा १ र सिरहामा २३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १२, चितवनमा १ सय ३७, दोलखामा ३, धादिङमा ४, नुवाकोटमा ८, भक्तपुरमा ५१, मकवानपुरमा २१, रामेछापमा १, ललितपुरमा ९५ र सिन्धुलीमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ८, गोरखामा ९, तनहुँमा १७, नवलपरासी पूर्वमा १४, पर्वतमा ६, लमजुङमा २, बाग्लुङमा १२ र स्याङजामा ८ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को अर्घाखाँचीमा ३, कपिलवस्तुमा २, गुल्मीमा ४, दाङमा ९, नलवपरासीमा १४, पाल्पामा ४, प्युठानमा ६, बर्दियामा २४, बाँकेमा ५३ र रुपन्देहीमा ८६ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा २, सल्यानमा ४, सुर्खेतमा ३, सुदूरपश्चिमको अछाममा १, कञ्चनपुरमा ४, कैलालीमा ४५, डडेल्धुरामा १, डोटीमा ४, दार्चुलामा १ र बैतडीमा १० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १८ हजार ४ सय ३७ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा ११ हजार ४ सय ४९ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ६ हजार ५ सय ६५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५७ जना निको भएका छन्। यससँगै मुलुकमा संक्रमणमुक्त हुनेको संख्या ५०४११ पुगेको छ।

नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५३ पुगेको छ। १२ वटा जिल्लाका  ५ महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,