Connect with us
Kapilvast Forest

कपिलवस्तुमा २ जनाको शव फेला, एक जना अझै बेपत्ता

२०७७, ८ आश्विन बिहीबारमा प्रकाशित

dubera-jyan-gayo.jpg

सनिउल्ला धोबी, कपिलवस्तु-

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ कोइली नदीमा वेपत्ता भएका मध्ये थप एक जनाको शव फेला परेको छ । विहानैबाट वेपत्ताहरुको खोेजीमा रहनु भएका शशस्त्र प्रहरी बल पिपराका इन्स्पेक्टर अर्जुन ढकालका अनुसार अर्घाखाँची घर भएका केशव भाट क्षेत्रीको शव भेटिएको हो ।
खोजी गर्ने क्रममा वडा नम्बर ६ सुठौली स्थित नदी किनारमा क्षेत्रीको शव फेला परेको ढकालले बताउनु भयो । मध्यान्ह साढे १२ बजेतिर क्षेत्रीको शव घाँसमा अल्झिएको र घोप्टो परेको अवस्थामा भेटिएको ढकालले बताउनु भयो ।

वेपत्तामध्ये विद्यूत कार्यालय जितपुर शाखाका प्रमुख कृष्ण पौडेलको शव अझैसम्म भेटिएको छैन । उहाँको पनि खोजी भइरहेको र साँझसम्म फेला पारिने ढकालको दाबी छ । भलवाडबाट बनगाई आउने क्रममा कजवेमा बुधबार खोलाले जिप बगाउँदा ३ जना वेपत्ता भएका थिए ।
त्यसमध्ये जिप चालक माधव प्रसाद पाण्डेको भने बुधबार साँझ शव भेटिएको थियो । अहिले पनि शशष्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका तिनचार टोली खोजी कार्यमा लागिरहेका छन । शवलाई जिल्ला अस्पताल तौलिहवाबाट पोष्टमार्डम गरी परिवारलाई बुझाइएको छ ।

६० बर्षीया बृद्धा मृत अवस्थामा फेला
यसैविच कपिलवस्तुको विजयनगरमा ६० बर्षीया पुरुष मृत अवस्थामा फेला परेका छन । बुधबार विजयनगर गाउँपालिकाको वडा नं १ गोबरहवाको बिशवा खोलामा डुबेको अवस्थामा बृद्धा मृत भेटिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले बताउनु भयो । मृत भेटिएका स्थानीय राम समुझ थारु रहेको प्रहरीले जनाएको छ ।

उनी मंगलवार साँझ ६ तिर झारफूक गर्न छिमेकी गाउँ नौडिहवा गएका र घरमा आई मदिरा सेवन गरी घरदेखि १ किलो मिटरमा रहेको गाई गोठमा गएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,