Connect with us
Kapilvast Forest

काठमाडौं उपत्यकामा थप ७५५ जनामा कोरोना संक्रमण

२०७७, ८ आश्विन बिहीबारमा प्रकाशित

kaathmandu

काठमाडौं – संघीय राजधानी काठमाडौं उपत्यकामा थप ७ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशलामा गरिएको परीक्षणका क्रममा उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका गरी थप ७ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका ५ सय ९ जना छन् । यस्तै, ललितपुरका ९५ र भक्तपुरका ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

देशभरका सबै जिल्लामा गरी पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितसहित देशभर कूल संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,