Connect with us
Kapilvast Forest

लगातारको वर्षाले बारीमै कुहियो तरकारी

२०७७, ८ आश्विन बिहीबारमा प्रकाशित

बारीमै कुहियो तरकारी

दाङ- लगातारको वर्षाले दाङमा कृषकले लगाएको तरकारी बारीमा कुहिन थालेको छ ।

अहिले बारीमा करेला, भिडी, लौका, काक्रो लगायतका तरकारी सड्न थालेको कृषकले गुनासो गरेका छन् ।

कुमाख –२ सल्यानका जीवन रावतले १५ कठ्ठा जग्गामा लगाएको तरकारी पानीले नष्ट गरेको छ । बारीमा टिप्न तयार भएका भिडी, करेला, सिमी, बोडी ,काक्रा ,गोलभिँडालगायतका तरकारी पानीले कुहिएको उहँँले बताउनुभयो ।

भरखरै लगायका काउली, बन्दालगायतका हिउँदे तरकारी पनि पानि धेरै परेर नोक्सान भएको उहाँले जानकारी दिनुभयो । घोराही उपमहानगरपालिका –१७ कर्जाहीका आशिका चौधरीले पनि डेढ विगाहा जमिनमा लगाएको तरकारी धेरै पानी परेपछि सड्न थालेको गुनासो गर्नुभयो ।

एक कठ्ठाको दुई हजार भाडा तिर्ने शर्तमा दश वर्षलाइ जग्गा भाडामा लिनुभएका उहाँले लगातारको वर्षाले भर्खरै रोपेका तरकारीका साना विरुवा सबै मरेको बताउनुभयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,